गाँजा सहित २ जना पक्राउ

काठमाडौं :  काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० बालुवा खानीबाट ४ किलो ६ सय ६४ ग्राम अवैध लागू औषघ गाँजाको धुलो सहित दोलखा तामाकोशी गाउँपालिका-५ बस्ने ४० वर्षीय योगराज पोखरेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सर्लाही, हरिवन नगरपालिका-१० ब्रहमटोल बस्ने ५३ वर्षीय कुलदास घिसिङलाई करिब १२ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले घर तलासी गर्दा कोठामा लुकाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

This will close in 10 seconds