लागु औषध सहित दुई जना पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दुई युवकलाई लागु औषध सहित प्रकाउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा.–०४ कान्छी बजारमा संकाष्पद रुपमा पैदल हिडदै गरेका जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा.–०१ बस्ने अन्दाजी बर्ष १८ को सुदिप बिष्ट र वडा नं.– ०२ बस्ने संजय बिस्ट सँग ८०० मिलिग्राम लागु औषध (खैरो हेरोईन) फेला परेको छ ।

निज दुवैलाई पक्राउ गरी थप अनुसन्धान भै रहेको प्रहरी नायब उपरीक्षक शिद्ध राज न्यौपानेले बताउनु भयो ।

ताजा समाचार

This will close in 10 seconds