जेलबाटै बन्यो, मदिरको मूर्ति चोर्ने योजना

पुर्व शिक्षक बोहरा हत्याकाण्डमा जेलमा रहेका प्रकास पालकै योजनामा सिद्धबाबाको मूर्ति चोरी

पुष्कर भट्ट/ कञ्चनपुर: कञ्चनपुरको खल्लामछेट्टीमा रहेको प्राचिन सिद्धनाथ मन्दिरको मूर्ति चोर्ने योजना जेलबाटै बनेको खुलेको छ । भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीमा रहेको प्राचिन सिद्धनाथ मन्दिरमा रहेको सिद्धबाबाको मूर्ति चोर्ने योजना कञ्चनपुर कारागार जेलबाटै बनेको खुलेको हो । चाँदीले बनेको सिद्धबाबाको मूर्ति चोर्ने करणो बहादुर बोहराले मूर्ति चोर्ने योजना जेलबाट बनेको बताएका छन । बोहरा चोरी काण्डमा जेलमा थिए । बोहरासंगै गत साउनमा छिमेकी पुर्व शिक्षक हत्याकाण्डमा पुरपक्षका लागि जेलमा रहेका प्रकास पाल र उनका भिनाजु ललित बोहरा थिए ।

झाङ्गको बुगल नगरपालिका विचगडाका बोहराले शुक्रबार राती सिद्धबाबाको मूर्ति चोरेर महेन्द्रनगर ल्याउने क्रममा स्थानीयले उनलाई समातेर प्रहरीलाई बुझाएका थिए । खल्लामछेट्टीका स्थानीय युवा किशन खडकाले मन्दिरको मूर्ति चोरेर भाग्ने क्रममा स्थानीयले समातेर प्रहरीलाई बुझाएको बताए । प्रहरीलाई बुझाउनु अघि बोहरा स्थानीयसंग जेलमा रहेका खल्लामछेट्टीका स्थानीय प्रकास पालले दिएको योजना अनुरुप चोरी गरेको बताएका छन । चोरी मुद्दामै जेलमा रहेका बोहरा केही दिन अघि मात्रै छुटेका थिए । बझाङ्गका बोहरा महेन्द्रनगर बसपार्कमा डेरागरी बस्दै आएका थिए । बोहरा चोरी मुद्दामा जेलमा रहेपनि उनले आफुलाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएर जेल पठाएको बताए ।

बोहराले पैशाको लोपले मूर्ति चोरेको स्वीकार गरेका छन । उनले जेलमै रहेका प्रकास पाल र ललित बोहराले योजनामा मूर्ति चोरेको बताए । ‘म, प्रकास पाल र ललित बोहरा जेलमै थिए, ‘उनले भने, ‘जेलमै रहेका बेला प्रकास र ललितले मूर्ति चोर्ने आईडिया दिए, म जेलबाट छुटेपछि मूर्ति चोर्न आएको हुँ ।’ शुरुमा मूर्ति चोर्ने काम अस्वीकार गरेपनि पछि पैशाको लोभले चोर्न आएको बोहराले स्वीकार गरेका छन । मूर्ति चोरेर ल्याउने अनि ललित बोहराको दाजुलाई दिने बताएपछि चोरेको उनले बताए । शुक्रबार दिउँसो प्रकास पालकै घरमा खाना खाएर राती उनकै पसल चोरी गरेका बोहराले मूर्ति चोरेका थिए । ‘प्रकासले आफ्नो पसल पनि चोर्नु त्यसपछि गाँउमा कसैले शंका गर्दैनन भनेको थियो, ‘उनले भने, ‘त्यही अनुरुप प्रकासको पसल पनि चोरेको हुँ, मूर्ति चोर्दा मन्दिरमा कोही थिएनन्, चोरेर लग्ने क्रममा बाटोमा मान्छे भेटिए, समातिहाल्यो ।’ बोहराले जेलमा रहेका प्रकास पालका आमाबाबु घर परिवारलाई भेटेर आएको बताएका छन । छिमेकी पुर्व शिक्षक समेत रहेका गणेश बोहरा हत्याकाण्डमा प्रकासका आमाबाबु श्रीमती सहितलाई पुरपक्षका लागि जेल पठाएको थियो । आमा साधारण तोरेख र बाँकीलाई धरौटीमा रिहा गरेको छ ।

‘दिउँसो प्रकास पालकै घरमा खाना खाए, ‘उनले भनेका छन, ‘राती पालकै पसल तोडेर केही रक्सी सरसमान ल्याए, अनि मन्दिरको मूर्ति चोरेको हुँ, ‘उनले भने, ‘जेलमा रहेका मान्छेको आईडियाले झन फसाद परियो ।’ प्रकास पाल परिवार बोहरा हत्या काण्डमा जेलमा परेका बेला वनले समेत ठूलो परिमाणमा उनको घरबाट अवैध काठ बरामद गरेको थियो ।
खल्लामछेट्टीका स्थानीयले बोहरालाई मूर्ति चोर्ने लगाउने मतियारमाथि कार्बाही गरिनुपर्ने माग अघि सारेका छन । सार्वजनिक मात्र नभई सिङ्गो मानविय जगतका आस्थाको केन्द्र मन्दिरको मूर्ति चोर्ने चोराउन सहयोग पु¥याउने व्यक्ति समुहमाथि कार्बाही नगरि स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएका छन । चोरी गर्दा गर्दै पक्राउ गरेर समात्दा समेत प्रहरीले दोषिलाई लैजान समेत आउन आलटाल गरेको स्थानीयको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मूर्ति चोरी घटनाको अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले मूर्ति चोरीको आरोपमा पक्राउ परेका बोहरा बिरुद्धमा म्याद थप गरेर मुद्दा चलाईने बताए । ‘जेलभित्र बनेको योजना र बाँकी चोरीमा संलग्नमाथि समेत छानबिन हुन्छ, ‘उनले भने, ‘अब बयान लिन्छौँ, बयानका आधारमा अरुमाथि समेत कार्बाही हुन्छ ।’ पुर्व शिक्षक बोहरा हत्याकाण्डमा जेलमा रहेका प्रकास पालकै योजनामा बझाङ्गका बोहराले मूर्ति चोरेपनि प्रहरीले त्यसतर्फ चासो नदिएको भन्दै स्थानीयले चोरीको योजनादेखि सबै क्षेत्रमाथि कार्बाही गरे चोर बचाउने बिरुद्धमा आन्दोलनको चेतावनी दिईरहेका छन ।

ताजा समाचार

This will close in 10 seconds