पत्रकार भन्दै ठगी धन्दा गर्ने दुई जना पक्राउ,प्रहरीले थाल्यो अनुसन्धान


महेन्द्रनगर  । नाइस टेलिभिजको रिपोर्टर बताउने गोबिन्द बिसी र सन्तोष भट्टले महेन्द्रनगरको साई मोवाईल केयर ग्यालरीबाट रु २५ हजार रकम अशुली गरेका छन । उनीहरुले मोवाईल ग्यालरीबाट दुई ओटा पावरबैंक समेत लगेका छन ।
बुधबार बेलुका ६ बजेको समयमा महेन्द्रनगरको गल्ली नंम्बर ४ स्थीत साई मोबाईलमा विसी र भट्ट पुगेका थिए । एक घण्टा पसलमा बसेका ति दुबैले पसल दर्ता भए÷नभएको भनी बार्गेनिङ्ग गर्दै रकम असुलेका हुन । उनीहरुले बार्गेनिङ्ग सहित रकम लिएको सिसिटिभि क्यामेरामा कैद भएको छ । पसल संञ्चाक अवदेश श्रीवास्तवका अनुसार गोविन्दले पहिला मोवाईलको सामान चाहिएको भन्दै फोनमा कुराकानी गरेको थिए । बेलुका पल्सर बाईकमा पुगेका विसि र भट्टले आफुलाई पत्रकार बताउदै पसल दर्ताको विषयलाई कुरा उठाएका थिए ।

श्रीवास्तव भारतको बनवासा निवासी व्यपारी हुन । उनले कैलालीको सुख्खडबाट भागरथी धामीसंग विवाह गरेका छन । उनले श्रीमतीकै नामबाट महेन्द्रनगरको गल्ली नं.४ मा साई मोबाईल केयर दर्ता गरी सञ्चालन गर्दै आएका छन ।
‘बिहान मोवाईलको सामानको सामान चाहियो भनेर कुराकानी गरेका थिए, बेलुका पत्रकार हुँ भन्दै दुई ओटा पावर बैंक र २५ हजार नगद रकम लिएर गए’, संञ्चालक श्रीवास्तवले भने । श्रीवास्तवसंग श्रीमतीको नाममा पसल संञ्चालन गर्न नपाउने भन्दै विसि र भट्टले सुरुमा दुई लाखको बार्गेनिङ्ग गरेका थिए । ‘तैले यसरी श्रीमतीको नाममा पसल संञ्चालन गर्न पाउदैनस, तेरो पसल अव सिज गर्छौ भन्दै दुई लाख माग गर्दै थर्र्काए ’ उनले भने ।दुई लाख दिन नसक्ने भएपछि दुई वटा पावर बैंक र २५ हजारमा बार्गेनिङ्ग भएको श्रीवास्तवले बताए ।

हिजो बुधबार बेलुका महेन्द्रनगरको साई मोबाईल केयरमा आएको विसी र भट्टले स्विकार गरे । उनीहरुले रिपोर्टीङ्गको लागि आएको तर पैसा लिएको विषयमा भने आनाकानी गरे । एकले अर्कालाई आरोप लगाउदै पन्छिए । फुटेजमा विसिले बार्गेनिङ्ग गरेका प्रष्ट देखिन्छ । र रकम लिनेबेला उनी बाहिर निस्केका छन । भट्टले रकम गनेर झोलामा हालेको प्रष्ट देखिएको छ ।
नाईस टेलिभिजन डिसहोमको १५७ नंम्बरमा आउने र आफ्नो अफिस अत्तरियामा रहेको विसिले बताए । उनी कैलाली जिल्लामा समेत विवादित रहेका छन । उनी दुबै जना लाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको डिएसपी सिद्धराज न्यौपानेले बताएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img