बिउबिजन र कृषी सामाग्री पाएपछि कृष्णपुरका किसान हर्षित, व्यवसायिक खेतीमा सहयोग

महेन्द्रनगर: कञ्चनपुरको कृष्णपुर नगरपालिकाको किसानलाई बिउबिजनसहित कृषी सामाग्री हस्तान्तरण गरिएको छ । नगरपालिकासँगको समन्वयमा केयर नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित परियोजना अन्र्तगत पालिकाका विभिन्न वडामा तरकारीको विउ र कृषी सामाग्री वितरण गरिएको हो । निड्स नेपालको कोभिड–१९ द्रोस्रो लहर आपतकालिन प्रतिकार्य परियोजना अन्र्तगत कृष्णपुर नगरपालिकाको वडा नम्बर १, ३, ७ र ८ का किसानलाई व्यवसायिक तरकारी खेतीका लागि निशुल्क विउ र अन्य आवश्यक कृषी औजार वितरण गरिएको हो । भौचर कार्डमार्फत वितरण भएको उक्त सामाग्रीले व्यवसायिक तरकारी खेतीमा सहयोग पुग्ने स्थानीय किसान हर्षित भएका छन् । कृष्णपुर नगरपालिका–१ की गुल्फी चौधरीले निशुल्क बिउ पाएपछि खुसि व्यक्त गरिन् ।

उनले अघिल्ला सिजनमा आफैले बिउ खरिद गरेर सामान्य रुपमा तरकारी खेती गदैँ आएको बताउँदै उनले भनीन् ‘संस्थाबाट निशुल्क रुपमा विभिन्न प्रकारका तरकारीको बिउका लागि कार्ड पाएका छौँ, यसले व्यवसायिक रुपमा तरकारी खेती गर्न सहयोग मिलेको छ ।’ त्यहाँ उत्पादन भएको तरकारी स्थानीय बजार गुलरिया, वाणीसँगै गाउँमै खपत हुने गरेको किसानको भनाई छ । निड्सले नगरपालिका ६० परिवारलाई प्रतिपरिवार पाँच हजार बराबरको कृषि सरसामग्री भौचर कार्डमार्फत वितरण गरेको हो । वडा नम्बर १ कै जलम चौधरीले निशुल्क बिउ पाएपछि व्यवसायिक तरकारी खेत गर्न सहयोग पुग्ने बताईन् । उनले विगतका वर्षमा आफैले बिउ खरिद गरेर ल्याउदाँ न्युन गुणस्तरिय समेत पर्ने गरेको बताउँदै ‘यहाँको वातावरण अनुकुलको बिउ समयमै पाएका छौँ, यसले उत्पादन पनि राम्रो आशा छ ।’ कोभिड संक्रमणका कारण व्यवसाय गुमाएका परिवारलाई व्यवसाय पुर्नरत्थानसँगै व्यवसायिक तरकारी खेतीका लागि कृषिजन्य सरसामग्रीहरुको सहयोग गरिएको परियोजनाका फिल्ड संयोजक केशब मलासीले बताए ।

उनका अनुसार निम्न वर्गाीय स्थानीय किसानको जिविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यकासाथ भदौ ९ गते कृष्णपुर– १, ३, ७ र ८ वडा नम्बरका कृषकलाई कृषि सामग्री भौचर वितरण हो । कृष्णपुर नगरपालिका नगर उपप्रमुख रमिता राना बडायकले व्यवसायि तरकारी खेतीका लागी किसानाई बिउबिजन र उपकरण वितरण गरिएको बताईन् । उनले नगरपालिकाले कृषी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताईन् । नगरपालिका र विभिन्न साझेदारी संस्थाहरुसँगको सहकार्यमा नगरपालिको खाद्यान्न र तरकारीमा आत्मनिर्भर बनाउने योजना रहेको उनको भनाई छ । साथै परियोजनाको सहयोगले तरकारी किसानलाई व्यवसायिक रुपमा लाग्न राहात मिलेको उनले बताईन् । त्यस्तै वडा नम्बर १ का वडाध्यक्ष मोहन बहादुर बस्नेतले किसानलाई तकारी खेतीमा आकृषित गर्न बिउबिजन सामाग्री वितरण गरिएको बताए ।

उनका अनुसार बिउसहित कृर्षी सामाग्री पाएपछि किसान हर्षित भएका छन् । स्थानीयले सिचाँईको समस्या रहेको भन्दैँ सरकारवाला निकायलाई बोरिङ समेत गरेका छन् । वडाध्यक्ष बस्नेतले नगरपालिकाबाट सबै किसिमको प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाए । कृषकले नगरपालिकाकै गुलरियास्थित डेबिट एग्रोभेट सेन्टरबाट कृषि सामग्री र बिउ भौचरकार्डमार्फत पाउने छन् । वितरण गरिएका कृषि सामग्रीमा बिउबिजनसहित २२ प्रकारका सामाग्री रहेका छन् । निड्सले काउली, टमाटर, खुर्सानी, मुला, बन्दा, धनिया लगायतको बिउका साथै पोटेटो जिङ्क, कृषि पोषक, स्प्रे टयाँकी, नर्सरी प्लास्टिक, प्लास्टिक, दाँते खुर्पी, कुटो, कोदालो र हजारी लगायका कृषी सामाग्री सहयोग गरेको हो । भौचर कार्ड वितरण कार्यक्रममा नगर उप प्रमुख रमिता राना बडायक, वडाध्यक्ष, निड्स नेपालकी अध्यक्ष अञ्जु जोशी भट्ट लगायत स्थानीयको सहभागीता रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds