घरको कौसिमा ड्रागनफुट

कञ्चनपुर : भीमदत्तनगर ३ तिलकपुरका स्थानीय धन सिह धामी बिगत तीन बर्षदेखि कृषि कार्यमा आफ्नो भबिष्य नियाल्दै छन । उनले पशुपंन्छि,फलफुल तरकारी लगायतका विषयको अध्यन अनुसन्धान गर्दै जाँदा नेपालमा नौलो फल ड्रागनफलबाट आफ्नो कृर्षि कार्यलाई अघि बढाउदै लगेका हुन । प्रशिक्षणको रुपमा कौसिमा नै लगाएको ड्रागनफलबाट एउटै फल ५ सय ग्राम भन्दा माथिको फलेपछि झन कृर्षि कार्यमा व्यवसायिकरण गरेर अघि बढ्ने प्रेरणा थपिएको बताउछन । पहिलो चरण को कौसि ड्रागनफ्रुटको सफल प्रशिक्षण पछि दोस्रो चरणको कौसिमा मिलेको सफलताले कृर्षक धामीलाई झन कृषि कार्यमा हौसला मिलेको छ । कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने हेतुले कृर्षि व्यवसायलाई आत्मसाथ गर्दै व्यवसायिकरण गर्न प्रशिक्षणको रुपमा ड्रागनफल कौसिमा लगाएर लगाएको पन्ध्र महिनामा नै उत्पादन दिन थालेपछि कार्यप्रति सफल भएको धामी बताउछन ।
विगतमा विभिन्न व्यवसाय गर्दै आएका व्यवसायी कहिले भारतको नाका बन्दि त कहिले देशको राजनितिक खिचलोको बन्दाबन्दिले गर्दा व्यवसायमा परेको मारले व्यवसायी घाटामा जादा व्यवसाय नै बन्द गर्नु परेपछि जिवन निर्वाहको लागि दिर्घकालिन व्यवसायको छनौट गर्दै विगत तिन बर्षदेखिको खोज अनुसन्धान पश्चात कृर्षि क्षेत्रमा राम्रो भविष्य देखेर नेपालको परिवेशमा नौलो व्यवसायीको खोजि गर्दै ड्रागनफलको खेति गर्न तिर आक्रसित भएको धामीले बताए । ड्रागनफलको खेति नेपालमा नि गर्न सकिन्छ भन्ने चर्चा चलिरहेको वेला यस बारे अध्यन गर्दै जादा यसको खेति गर्छु भनेर यसबारे जिज्ञासा राख्दा ड्रागनफलको खेति गर्न तालिम लिन खोज्दा कञ्चनपुरमा यसबारे विज्ञ नभएको कारणले गर्दा कुनैपनि व्यवसाय तालिम बिना नै गर्दा नोक्सानि वेहोर्न पर्ने हुन्छ भनेर पहिले यसको कौसि खेति गरेर मात्र अघि बढ्ने सोचले विगत तिन बर्ष देखि बिभिन्न माध्यमबाट सुचना प्राप्त अध्यन गरेर र यसको प्रशिक्षण गरेर सफल भएको धामी बताउछन ।
राज्यले राष्ट्र समृद्दिको लागि युवाहरुलाई विभिन्न तालिम,रोजगारी अवसर दिने भन्ने हल्लाहरु चलिरहेको वेला आफु जस्ता युवाहरुलाई नि भाषण र आफन्तवाद भन्दा पर रहेर कृर्षिमा आत्मनिर्भर भएर व्यवसायिक रुपमा अघि बड्ने अवसर दिनु पर्ने बताउछन । सरकारले कृर्षी क्षेत्रमा दिनहु धेरै योजना पारीत गरेपनि कागजी र आफन्तवादले गर्दा यस्ता अवसरहरुबाट युवाहरु वञ्चित रहेको गुनासो पोख्दै युवाहरुलाई उध्यम उध्योग व्यवसायमा प्रोत्साहनको साथ अवसर दिनुपर्ने बताउछन । ड्रागनफल एक प्रकारको सिउडी प्रजातिको बिरुवा भएको र यो फल पिताया र पितानाया नामबाट पनि चिनिने र यो नेपालको लागि नौलो फलको रुपमा रहेको ड्रागन फल ०५७ सालमा भियतनामबाट नेपाल भित्र्याइएको थियो । खासै व्यवसायिक रुपमा यसलाई कसैले पनि नगरेको र हाल केहि बर्ष यता यसको खेति गरिदै आएको बताए । नेपालीमा यो फलको किटानि नाम नभए पनि ड्रागनफल,सिउडीफल,सिम्थिफल र रात कि रानी भनेर चिनिने गरिन्छ र यसको लहरा ड्रागनको जिब्रो जस्तो हुने हुँदा यसलाई ड्रागन फल भनिएको बताउछन ।
ड्रागनफल नेपालमा नौलो फल भएकोले पुर्णरुपमा बजार नलिएको र उपभोक्ताहरुले यसबारे जानकारी लिएपछि पोषणयुक्त फलले बजार लिनेमा आफु ढुक्क रहेको बताउछन । निकै पोषिलो र स्वादिष्ट फल भएकाले यसलाई यस्तै खान हुने र यसको विभिन्न खाद्य वस्तुहरुमा प्रयोग गरेर पनि विभिन्न परिकार बनाएर खान मिल्ने बताउदै ड्रागनफललाई कौसिबाट व्यवसायीक खेतिको रुपमा अगाडि बढाउने सोच रहेको कृर्षक धामी बताउछन । पहिलो चरणको कौसी सफल परिक्षण पछि झन वृहत रुपमा दोस्रो चरणको कौसिमा अहिले आपँ, लिचि, कटहर, निम, मोरिङ्गा, सुनकागति, पाईनापल,लेमनग्रास,सेक्वा लगायतका बिभिन्न प्रजातिका बिरुवा पनि उत्पादन गर्दै आएका छन भने बाहिरबाट बिभिन्न किसिमका तरकारी फलफुलका बिरुवा ल्याएर सुपमा एउटा नमुना फर्म नै बनाउने सोचले अघि बढेको बताउछन ।
पहिलो र दोस्रो चरणको कौसी पश्चात तेस्रो चरणमा जमिन भाडामा लिएर विविध कृषि कार्यमा सक्रिय हुने बताउदै जमिन लिजमा खोज्दै गरेको र जमिन को खोजि कार्य जारी रहे सम्म पुर्व तयारीको रुपमा बोट बिरुवा उत्पादनमा लागेको बताए । कृषि कार्यमा एउटै पुरानो शैलिको कृर्षि नगरेर एउटा नयाँ नमुना कृर्षि गर्ने सोच रहेको जसमा बिभिन्न किसिमका पशुपंछि तरकारी फलफुलले सजिएको पर्यटकहरुलाई नै लोभ्याउने खालको नमुना कार्य गर्ने सोच रहेको बताउछन । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा.दिल बहादुर विष्टले युवा कृषक धनसिह धामीको कार्यप्रति उत्साहित भएका छन । उनले युवाले यसरी नै नयाँ नयाँ कामको शुरुवात गर्नुपर्नेमा जोडदिदै कृषि कार्यालयबाट हुने सहयोग गर्ने बताए ।

ताजा समाचार

This will close in 10 seconds