कञ्चनपुर: भदौँ तीन बर्ष अघि नेकपा माओवादी केन्द्र र नेकपा एमालेविच ठूलो कम्यूनिष्ट पार्टी बनाउने भन्दै एकिकरण भएको थियो । दुवै पार्टी मिलेर नेकपा बनेको थियो । नेकपा हुँदा अध्यक्ष एमालेबाट केपी शर्मा ओली र माओवादीबाट पुष्पकमल दाहाल(प्रचण्ड) नेकपाका अध्यक्ष भए । ०७७ पुषमा प्रधानमन्त्री समेत रहेका तत्तकालिन नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेसगै नेकपामा ठूलो अन्र्तरसंघर्ष चल्यो । संसद विघटन प्रकरणपछि ओली र प्रचण्ड, नेपाल–खनाल समुह दुई समुह खडा भए ।

प्रचण्डतिर लागेका नेपाल, खनाल नेताहरु पार्टीमै फर्किए तर ओली नेतृत्वको सरकारमा मन्त्री समेत रहेका राम बहादुर थापा, लेखराज भट्ट, मणी थापा, प्रभु शाह, गौरी शंकर थारु लगायत उतै ओलीतिरै बसे । सुप प्रदेशमा लेखराज भट्टसंगै ओलीतिर गएका माओवादीहरु मुल पार्टीकै फर्किन थालेको छ । कञ्चनपुरका माओवादी युवा नेता ओम विक्रम भाट(सरल), बिना मगर लगायतका पुर्व माओवादी नेताहरुककै पहलमा पुर्व माओवादी नेताहरु पार्टीमा फर्किन थालेका छन ।

कृष्णदत्त जोशी, लाल बहादुर परियार, कञ्चन गिरी, योगेश साउद, लोकेन्द्र ऐर, लगायतका नेताहरु पार्टीमा फर्किएका छन । एमालेमा नेपाल समुहकै नेताहरुको ओली पक्षबाट अपमान भईरहेका बेला माओवादीबाट ओलीतिरै बसेकाहरुको झन अपमान हुने भएकाले उतिबेला नेकपा हुँदा एक खेमामा उभिएपनि अहिले आफ्नै मातृ पार्टीमा फर्किएको बताएका छन । ओलीबाट पार्टीमा फर्किएका पुर्व माओवादीहरुले एमाले अध्यक्ष समेत बनेका बिर बहादुर थापा सहितलाई पार्टीमै फर्किनका लागि आग्रह गरिएका छन ।







