पूर्व शिक्षक बोहराको हत्याकाण्ड

घर परिवार स्थानीय भन्छन– जघन्य हत्यामा पनि राजनीतिक चलखेल हुँदै छ, सबै दोषिमाथि कार्बाही नहुँदा शव बुझ्दैनौँ


पुष्कर भट्ट/कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ९खल्लामछेट्टीका स्थानीय युवा एव पूर्व शिक्षक गणेश बोहरा हत्याकाण्डमा स्थानीय घर परिवार एव गाँउलेहरुले घटनामा राजनीतिक चलखेल भईरहेको भन्दै आपत्ति जनाएका छन । मानिसको हत्या जस्तो निकृष्ठ अपराधमा पनि केही दलका नेताहरु दोषिलाई बचाउने गरिबमाथि अन्याय गरिरहेको भन्दै मृतक परिवार, उनका आफन्त एव गाँउलेहरुले जघन्य मानता बिरोधी अपराधमा समेत केही दलका अमुख व्यक्तिबाट हत्या बचाउने दुष्प्रयास भईरहेको भन्दै बिरोधमा उत्रिएका छन । खल्लामछेट्टी क्षेत्रबाट आएका स्थानीयले जघन्य अपराधमा संलग्न व्यक्तिलाई पक्राउ नगर्ने पक्राउ गरेपनि उनीहरु र प्रत्यक्षदर्शीलाई संगै राखेको प्रति आशंका व्यक्ति गर्र्दै राजनीतिक चलखेल भईरहेको गुनासो पोखेका छन ।

मृतक बोहराका बाबु बीर ब. बोहराले जसरी छोराको हत्या गरियो, त्यसरी नै सम्पूर्ण हत्यारालाई कार्बाहीको माग राखे । ‘मेरो छोराको बिभत्स हत्या भयो, ‘उनले भने, ‘सबै दोषिलाई कार्बाही हुनुपर्छ ।’ उनले आफ्नो छोरा गुमाउँदा समेत न्याय नपाउने अवस्था सृजना भएको बताए । मृतक बोहराकी आमा मानमती बोहराले प्रकास पाल सहित उनका घरपरिवारले सामुहिक छोरामाथि कुटपिट गरेर हत्या गरेको बताईन् । ‘दिनभरी हामी सबै रोपाईमै थियौँ, ‘उनले भनिन, ‘म बुहारी र दुई नाबालक नातिनातिना घरमै थिए, प्रकास पाल, उनका बाबु हंसाराज पाल सहित मान्छे आएर छोपेर खेतमा पुगेका छोरालाई लगेर कुटपिट गरे मैले नकुटन बिन्दीगर्दा पनि मानेनन, आज छोरा नै गुमाउनुप¥यो ।’ कुटपिटबाट घाईते भएका छोरालाई उपचारका लागि ल्याउन नसकेको बताउदै भोलीपल्ट उपचारका लागि महाकाली अस्पताल पु¥याउँदा घाँटी निमोठेर हत्या गरिसकेका रहेछन ।

उनले जसरी आफ्ना छोराको कुटिकुटि हत्या गरियो, त्यसरी दोषिलाई आजिवन जन्मकैद राख्नुपर्ने माग अघि सारिन् । ‘बिना गल्ती मैले कोखको छोरो गुमाए, ‘उनले भनिन, ‘हिड्दा हिड्दै दुस्मनहरुले छोराको लास खाए, दुई साना कलिता सन्तान छन, युवा बुहारीमाथि अन्याय भयो ।’ गणेशको हत्यासंगै उनका दुई साना छोराछोरी टुहुरा भएका छन । दिनभरी रोपाई गरेका बोहरा साँझ पाल समुहको कुटपिटबाट हत्या भएको थियो । स्थानीय युवा किशन खडकाले बोहराको निकृष्ठ तरिकाले हत्या भएको भन्दै दोषि उपर कडा कार्बाहीको माग गर्नुभयो ।

उनले घटनामा सलग्न सबैलाई पक्राउ गर्नुपर्ने र पोष्टमाष्ट रिर्पोट आएपछि मात्रै शव बुझ्ने बताए । ‘यो अमानविय ढङगबाट हत्या भएको छ, ‘उनले भने, ‘दोषिहरुलाई हदैसम्मको कार्बाही हुनुपर्छ ।’ पूर्व योजना अनुसारै गणेशको प्रकास समुहले हत्या भएको बताए । ‘मृतकमाथि कुटपिट गर्दाका प्रत्यक्षदर्शी अशोक चन्द र लक्ष्मण सुनारले गाँउलेर्संग प्रकासका परिवारले कुटिकुटि हत्या गरेको बताएका थिए, ‘उनले भने, ‘अहिले ति दुवै जनालाई प्रहरीले सोधपुछका लागि प्रहरी कार्यालयमा ल्याएको छ, तर एकै हिरासतमा राखेको छ, हामीलाई शंका लाग्दैछ, कतै दोषि र प्रत्यक्षदर्शी एकै हिरासतमा राखेर बयान फेर्छनकी ।’

हत्यारामाथि कार्बाही गर्न प्रहरीले आलटाल गरेको भन्दै मृतक परिवार र स्थानीय गाँउलेहरुले शव बुझेका छैनन । बुधबार स्थानीयले जिल्ला प्रहरी क्षेत्रमा प्रर्दशन गरेका थिए । मंगलबार पोष्टमाष्टम भएपनि मृतक परिवारले शव बुझेका छैनन । मृतक परिवारले प्रकास पाल सहित उनका घरपरिवारको नाममा ज्यान मुद्दामा किटानी दिएका छन । मृतक बोहराकी आमा मानमतीले प्रकास पाल, हंस पाल, गोमती पाल, लाल ब. बोहरा, मधुपाल सहितका घटनामा सलग्नको नाममा किटानी जाहेरी दर्ता गरेका छन । पहुँच र शक्तिको भरमा दोषिलाई उन्मुक्ति दिन नहुने स्थानीयको भनाई छ । लकडाउनका कारण साँझ ६ बजेसम्म मात्रै पसल खुला गर्ने स्थानीय प्रशासनको आदेश बिरुद्धमा मदिरा पसल मध्यरातमसम्म खोलेर नागरिकको हत्या गरिएको भन्दै त्यसमाथि समेत छानबिन गर्न स्थानीयले माग गरेका छन ।

स्थानीयले राजनीतिक दवावमा बोहरा परिवारमाथि अन्याय भए आन्दोलनको चेतावनी दिदै निष्पक्ष छानबिनको माग अघि सारेका छन । हत्या जस्तो घटनामा प्रहरी गम्भिर भईदिनुपर्ने स्थानीयको भनाई छ । दोषि उपर कार्बाही नभए मृतक परिवार, आफन्त एव गाँउलेहरुले आन्दोलनको चेतावनी दिएका छन । बोहराको हत्यासंगै उनका नाबालक सन्तान टुहुरा भएका छन । भने श्रीमती विधुवा भएकी छिन । बोहरा परिवारमा संन्नटा छाएको गाँउमा त्रास बढेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले प्रकास पाल सहितका पाँच जना पक्राउ गरि अनुसन्धान भईरहेको बताए । उनले घटनाको सुक्ष्म तथा निष्पक्ष अनुसन्धान हुने बताएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img