लामो समयदेखी रोकिएको गौरी शंकर मा.बि. को व्यवस्थापन समितिले पायो पुर्णता

अध्यक्षमा लाल बोहरा

पुनर्वास – निर्वाचित सदस्यहरुको असहमति र लकडाउनका कारण रोकिएको कंचनपुरको पुनर्वास नगरपालिका-५ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयको व्यवस्थापन समितिले पुर्णता पाएको छ । बुधबार पुनर्वास नगरपालिका-५ का वडाध्यक्ष विरबहादुर बोगटीको अध्यक्षतामा बिद्यालय प्राङ्गणमा बसेको बैठकले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लाल बहादुर बोहरालाई चयन गरेपछी समितिले पुर्णता पाएको हो ।

विद्यालयको अभिभावक भेलाले आपसी समझदारीमा अध्यक्ष चयन गर्न नसकेपछी फागुन २६ गते व्यवस्थापन समितिको निर्वाचन गरेको थियो। सो निर्वाचनबाट साईकल चिन्हका सदस्य उम्मेदवार सागर लुहार, कुर्सी चिन्हका सद्स्य उम्मेदवार लक्ष्मण कामी, लालटिन चिन्हका उम्मेदवार सीता तिवारी र परेवा चिन्हका दलित महिला सदस्य कलावती वड विजयी भएका थिए ।

ताजा समाचार

This will close in 10 seconds