बोसिया खेलको अनलाइन प्रशिक्षण कार्यक्रम सम्पन्न

कञ्चनपुर ,

विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ कोरोना भाइरसले पछिल्लो समयमा खेलकुद क्षेत्र थला परेको यो विषम परिस्थितिमा बोसिया खेलको अनलाइन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

बिहिवार एक कार्यक्रम साथ अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघको आयोजनामा भर्चुअल माध्यमबाट अपाङ्गता भएका बोसिया खेलाडीहरु , उनका अभिभावक र सरोकारवाला व्यक्तिहरु लाई बोसिया खेल के हो र यो कसरी खेलिन्छ , कोभिडले खेलाडीमा कस्तो किसिमको असर परेको छ कि भन्ने लगायतका विषयमा प्रशिक्षण दिएको अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघका अध्यक्ष गोमा देवि पौडेलले ई सुदूर दर्पण डट कम लाई जानकारी दिनु भो। नेपाली प्रशिक्षण बाबुकृष्ण  जन्जित र जापानी प्रशिक्षक आकिको आसमी द्धारा प्रशिक्षण समेत दिनु भएको थियो।

भर्चुअल कार्यक्रममा सैद्धान्तिक कुरा सुन्दा कस्तो -कस्तो लागेको थियो र अहिले मेरो लागि यो खेल समेत नयाँ थियो ,अहिले आएर धेरै कुराको अनुभव भयो तर खेलाडीहरुले प्राक्टिकल नै लाईभ गरेको देख्दा खेरी धेरै राम्रो लाग्यो । त्यसैमा उहाँहरु धेरै खुसी भएको महसुस गरे विशिष्ट अतिथि पदम केसर अधिकारी भन्नू भो। घरमा बसेर पनि यस्ता बालबालिकाहरुले कोभिडको समयमा मनोरञ्जन लिन सक्ने राम्रो काम भएको छ।
भर्चुअल कार्यक्रममा बोल्दै प्रमुख अतिथि यामकुमारी खतिवडा (बास्कोटा) ले बोसिया खेलको बारेमा पहिला भन्दा अहिले राम्रो जानकारी भयो यसको लागि यस्तो समयमा तालिम कार्यक्रम राखेर खेलाडीलाइ उत्साह हुने काम गर्नुभएको मा यसको लागि धेरै धेरै आयोजक टिमलाई धन्यवाद र यो खेल खेल्ने लक्षित वर्ग भित्र पर्ने खेलाडीहरुको धेरै महत्वपुर्ण खेल रहेछ ।यसको महत्वको बारेमा अझै पनि सरकारलाइ बुझाउनुपर्नै र समाजमा अझै धेरैलाइ यो खेल बारेमा बुझाउन आवस्यक रहेको र अपाङ्गता भएका व्यक्तिलाइ पुनर्स्थापना मात्र नभएर उनीहरुको खेल्न पाउने नैसर्गिक अधिकार हो र यो खेलको माध्यमबाट मनोरञ्जन का साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा समेत सहभागी गराउन सकिने भएको र यो खेल आगामी दिनमा पनि अगाडी बढाउन हामी सँगसगै हातेमालो गरि जानु आवश्यकता रहेको छ। साथै आउँदा दिनमा पनि सरकारको तर्फबाट सात र सहयोग रहने समेत प्रतिबद्धता जाहेर गर्नु भो।

भर्चुअल प्रशिक्षण कार्यक्रमको सभापतित्व नेपाल बोसिया संघका अध्यक्ष गोमा देवि पौडेल ,प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडा (बास्कोटा), विशिष्ट अतिथिमा राष्ट्रिय खेलकुद परिषद सदस्य गोबिन्द भट्टराइ ,पदम केशर अधिकारी बिभागिय प्रमुख, सामाजिक विकास विभाग – काठमाण्डौ महानगपालिका , नेपाल पारा ओलम्पिक कमिटी केन्द्रिय अध्यक्ष दिपक कोइराला ,खेलाडी अभिभावक ,संघसंस्थाका पदाधिकारी प्रतिनिधि, सरोकारवालाहरु लगायत सातै प्रदेशका खेलाडीहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य एवं अभिभावक कमला भुसालले राख्नु भएको थियो भने संस्थाका महासचिव देबकुमारी पराजुलीले कार्यक्रम संचालन गर्नु भएको थियो।

ताजा समाचार

This will close in 10 seconds