साईन नेपालको टिमले बाजुराको बुढीगंगा नगरपालिकालाई गर्‍यो स्वास्थ्य उपकरण सहयोग

बाजुरा: डोटीबाट बाजुरा पुगेको साईन नेपालको टिमले पुनः आफ्नो कार्यलाई निरन्तरता दिएका छन् । कोभिड-१९ को संक्रमण रोकथाममा कटिबद्ध देखिएका साईन नेपालका अध्यक्ष भक्तराज जोशीले आईतवार बाजुराको बुढीगंगा नगरपालिकालाई पनि स्वास्थ्य उपकरण सहयोग गरेका हुन ।नगरपालिकालाई २ थान अक्सिजन कन्सन्ट्रेटर, २ थान अक्सिपलमिटर,१ थान थर्मलगन २ थान नेबुलाईजर र २ सेट पिपिई लगायतका सामाग्री नगर प्रमुख दिपक बिक्रम शाहलाई हस्तान्तरण गरेको संस्थाका अध्यक्ष जोशीले जानकारी दिए ।

No description available.

नगरपालिकाले सामाग्री सहयोग गर्न पुगेको साईन नेपालको टिमलाई नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतले भव्य स्वागत गरेका थिए । अध्यक्ष जोशीका अनुसार अहिलेको स्वास्थ्य उपकरण वितरण कार्यक्रम सोमबार हिमाली गाउँपालिकामा वितरण गर्दै गन्तव्य सम्पन्न हुने बताए । यस संस्थाले उक्त सामाग्री वितरण कार्यक्रम कोभिड-१९ केयर रिलिभ परियोजना अन्तर्गत सञ्चालन गरेको थियो ।

 

ताजा समाचार