साईन नेपालद्वारा बडिकेदार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामाग्री सहयोग

कैलाली : कैलालीको धनगढीबाट स्वास्थ्य सामाग्री बोकेर पश्चिमी पहाडको गन्तव्यमा हिडेका साईन नेपालका अध्यक्ष भक्तराज जोशीले डोटी र कैलालीसंगै सिमाना जोडिएको बडिकेदार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

बिहिवार बिहान कोभिड-१९ व्यवस्थापन गर्न गाउँपालिकाकी उपाध्यक्ष ईन्द्रा बोहरा भाटलाई प्रतिघण्टा ५ लिटर क्षमताको २ थान कन्सन्ट्रेटर ,२ थान नेबुलाईजर, ३ थान थर्मलगन, ३ थान अक्सिपल मिटर, ३ थान पिपिई सेट, ३ हजार थान सर्जिकल मास्क र १० लिटर सेनिटाईजर संस्थाका अध्यक्ष भक्तराज जोशीले हस्तान्तरण गरेको हो । सोही क्रममा अध्यक्ष जोशीले बडिकेदार गाउँपालिकामा सञ्चालित बडिकेदार एफएमका पत्रकारहरुका लागि पनि सेनिटाईजर र मास्क प्रेस युनियन डोटीका सदस्य एकेन्द्र चन्दलाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै शुक्रबार केआई सिंह गाउँपालिका र शिखर नगरपालिकामा अक्सिजन कन्सन्ट्रेटर,अक्सिमिटर, नेबुलाईजर, पिपिई सेट, मास्क, सेनिटाईजर, थर्मगन, ग्लोब्स सहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिने कार्यक्रम तय गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।

ताजा समाचार

This will close in 10 seconds