लिचीको गुठिल्लो घाँटीमा अड्किँदा शिशुको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालमा लिची भित्रको गुठिल्लो घाँटीमा अड्किँदा एक शिशुको मृत्यु भएको छ ।
सुकासालका भूपेन्द्र चन्दका ६ महिने शिशु वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना भित्रको गुठिल्लो अड्किएपछि उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएको भएपनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार अपराह्न आँगनमा खेलिरहेका शिशुले त्यहीँ भेटेको  लिची भित्रको गुठिल्लो मुखमा हाल्दा घाँटीमा अड्किएको परिवारश्रोतलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । 

ताजा समाचार

This will close in 10 seconds