महामारीका मौका छोपी छिमेकीको यस्तो व्यवहार ः हुलाकी सडक निर्माणमा अवरोध

कञ्चनपुर,

जेठ नेपाल–भारत दुवै देशमा कोरोना महामारीले नागरिक आक्र्रान्त भईरहेका छन । महामारीले मानिसलाई विश्वबन्धुत्वको भावनाले जागृत बनाएको छ । तर, छिमेकी मुलुक भारतले नेपालको विकास निर्माणमा सद्भाव सहयोगको साटो महामारीको मौका छोपी विकास निर्माणमा अवरोध गरिरहेको छ ।

गत बर्ष साउनमा फिल्मीशैलीमा तामझाम र फौजफक्कड ल्याएर भारतीय सुरक्षाकर्मी सहितका प्रशासनिक अधिकारीले कञ्चनपुरमा निर्माण भईरहेको हुलाकी सडक अवरोध गरेर फर्किएका थिए । फेरी भारतीय पक्षले एक बर्षपछि आएर बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा निर्माणाधिन हुलाकी सडक अवरोध गरेका छन । पचुई क्षेत्रको १२सय मिटर हुलाकी सडक निर्माणमा भारतीय पक्षले यस बर्षपनि अवरोध गरेपछि काम रोकिएको छ । अन्य क्षेत्रको काम भएपनि सो क्षेत्रको काम रोकिएको हो । कञ्चनपुरमा निषेधाज्ञा भएपनि ठूला विकास निर्माणका आयोजनाको काम भईरहेको थियो, तर त्यही मौका भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले सडक निर्माण कार्यमा अवरोध पु¥याएको छ ।

हुलाकी सडक निर्माण कम्पनी बाबाहंस सद्धिकिीका संचालक चक्र्र शाहिले भारतीय पक्षले यस बर्षपनी काममा अवरोध गरेको बताए । उक्त ठाउँमा सडक निर्माण अन्तिम कालोपत्रे गर्न बाँकी थियो, ‘उनले भने, ‘भारतीय सीमा सुरक्षा बल(एसएसबी) बाट अवरोध भयो ।’ भारतीय पक्षले रिफ्रेन्स सीमा पिलर ३८ लाई सीमा पिलर मानेर पटकपटक अनावश्क विवाद झिक्दै आएको छ । गत बर्ष पनि दुवै देशका अधिकारीविच सडक निर्माण गर्न दिने सहमती भएपनि पटक पटक भारतीय पक्षबाट हेपाह प्रवृतिको उपज सडक निर्माण कार्यमा अवरोध पु¥याईएको छ । भारतीय पक्षले सो पचुई क्षेत्रको पुर्वतरि १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न अनावश्यक बखेडा झक्दिै आएको स्थानीय हरचिन्द ठकुरी बताउँछन् । भारतीय पक्षले जपिएिस नक्साका माध्यम बाट उक्त सडक भारतको भूममिा पर्ने दावी गर्दै काममा अवरोध गर्दै आएको छ । भारतीय पक्षले फिल्मीशैलीमा आए अवरोध गर्दा समेत स्थानीयबाट भारतीय कदमको बिरोध भएको थियो । बेलौरी नगरपालकिाका प्रमुख पोतिलाल चौधरीले नेपाली अधिकारी संगको समन्वयमा तत्काल काम शुचारु गरिने बताए । ‘हामीले यस विषयमा पटक पटक भारतीय पक्षसंग सहमती सम्झौता गरेका छौँ, ‘उनले भने, ‘भारतीय पक्षबाट फेरीफेरी विवाद झिक्दै आएको छ ।

बेलौरी नगरपालिकाले उक्त सीमा विवाद उच्चतहबाटै समाधानका लागि बुधबार प्रधानमन्त्री कार्यालयमा पत्राचार गरेको छ । भारतीय पक्षबाट बर्षेपिच्छे सडक अवरोधको विषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले हुलाकी सडक आयोजनासंग विवादबारे पत्र पठाएको बताए । ‘हामी विवाद केहो ? भनेर आयोजनासंग पत्र पठाएका छौँ, ‘प्रजिअ महतोले भने, ‘उत्पन्न विवाद बारे भारतीय पक्षसंग समन्वय गरेर काम शुचारुका लागि पहल गछौँ ।’ स्थानीयले महामारीका बेला नेपाली र नागरिकमाथि भईरहेको कार्यको भत्र्सना गरेका छन ।

ताजा समाचार

This will close in 10 seconds