पुनर्वास नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

पुनर्वास : कोरोना भाईरसको दोस्रो कहर चलिरहदा पुनर्वास नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गर्ने दाताहरुको पनि लहर त्यतिकै लागिरहेको छ । त्यस्तै मंगलबार नेपाल रेडक्रस सोसाईटी उपशाखा पुनर्वासको समन्वय र मर्सिकोर नेपाल धनगढीको आर्थिक सहयोगमा नगरपालिकाबाट संचालित कोभिड अस्पताल र आईसोलेशनलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
मर्सिकोर नेपालले नगरपालिकालाई पिपिई सेट ५० थान, सेनिटाईजर १ सय बोत्तल, सर्जिकल मास्क २ हजार थान, सर्जिकल ग्लोब्स १ सय जोडी, झुल ३० थान, फेस सिल्ड १ सय थान, N-95 मास्क १ सय थान, त्रिपाल ३६ थान, प्लास्टिक बाल्टी ३० थान, मग ३० थान, डस्ट्रबिन ठूलो ३० थान र मिनिरल वाटर पन्ध्र सय बोत्तल सहयोग गर्दै नगर प्रमुख जिवनराज थापालाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको रेडक्रस उपशाखा पुनर्वासका सह-सचीव रुपेश खरेलले जानकारी दिनुभयो ।
सहयोग सामाग्री प्राप्त गर्दै नगर प्रमुख थापाले यस्तो विपदमा नगरपालिकालाई सम्झिने मर्सिकोर नेपाल र नेपाल रेडक्रस उपशाखाका प्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

ताजा समाचार

This will close in 10 seconds