कञ्चनपुर खेलकूद विकास समितिका अध्यक्ष वस्नेतको पदस्थापन

महाकाली अस्पतालाई अक्सिजन प्लान्ट किन्न ५१ हजार सहयोग गर्ने निर्णय

कञ्चनपुर ,                                                                                                                              जिल्ला खेलकूद विकास समितिका अध्यक्ष सहित कर्मचारी र प्रशिक्षकले महाकाली अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गर्ने भएको छ ।

समितिका नव नियुक्त अध्यक्ष ओम बहादुर वस्नेतको पदस्थापना कार्यक्रममा अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ ।

समितिका अध्यक्ष वस्नेत सहित कर्मचारी र प्रशिक्षकले ५१ हजार सहयोग गर्ने निर्णय गरेका हुन् । अध्यक्ष वस्नतेले व्यक्तिगत रुपमा प्लान्ट स्थापनामा सहयोग गर्ने बताए ।

सुदूरपश्चिम प्रदेश खेलकूद परिषद्ले केही दिन अघि समितिको अध्यक्षमा वस्नेतलाई नियुक्त गरेको थियो । यस अघि उनी समितिमा सदस्य थिए । समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कोरोना महामारी संक्रमित विरामीलाई उपचारका लागि अस्पतालमा स्थापना हुन लागेको प्लान्टका लागि सहयोग गर्ने निर्णय गरिएको बताए ।

कोरोना संक्रमण महामारी फैलिएपछि महाकाली अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढेको छ । त्यसका लागि अस्पतालले चार करोडमा ठेक्का आव्हान गरि सकेको छ ।

ताजा समाचार

This will close in 10 seconds