खेलकुद महासंघको सहयोग जारी

सुनसरी

नेपाल खेलकुद महासंघले कोभिड १९ बिरुद्धको राष्ट्रिय अभियानलाई जारी राखेको छ । सोहि अभियान अन्तरगत अघिल्लो मोर्चामा खटिने बिशेष गरि सुरक्षा निकायलाई मध्यनजर राख्दै महासंघका केन्द्रिय स्थाई कमिटि सदस्य सुरेश कार्कीको नेतृत्वमा सुनसरी जिल्लाको विभिन्न ६ ठाउँमा रहेका प्रहरीको संस्थालाई स्वास्थ्य सामाग्री मास्क, सेनेटाईजर, सावुन, फेससिल्ड प्रधान गरेको हो ।

खेलकुद महासंघले कोभिड नो भिड भन्ने नाराका साथ देशका ७७ जिल्लामा स्वास्थ्य सामाग्री बितरण गर्ने कार्यक्रम रहेको छ । यसै क्रममा स्थाई कमिटि सदस्य कार्कीको नेतृत्वमा सुनसरी जिल्ला संयोजक पुष्प कार्कीको संयोजकत्वमा प्रदेश सह संयोजक भेष कार्की, सचिवालय सदस्य उमेश सुवेदी, केन्द्रि सदस्यहरु ईश्वर बिक्रम शाह र गौरव जङ्ग राणाको उपस्थितीमा सुनसरीका विभिन्न ७ पुलिस कार्यालयलाई सामाग्री बितरण गरिएको हो ।

उक्त टोलीले पकली थानालाई १ हजार थान मास्क, ५ लिटर सेनिटाईजर, १२ लिटर साबुन र ५ थान फेससिल्ड, चक्रघट्टी थानालाई १ हजार थान मास्क, ५ लिटर सेनिटाईजर, १२ लिटर साबुन, चतरालाई ४५० थान मास्क, ५ लिटर सेनिटाईजर र १० लिटर साबुन, कालाबञ्जर, नडाहा र बाङ्गेबजार प्रहरी चौकीलाई समान ५ सय थान मास्क, २ लिटर सेनिटाईजर, ६ लिटर साबुन प्रदान गरेको सदस्य कार्कीले जानकारी गराए । कार्कीका अनुसार अभियान अन्तरगत पहिलो चरणमा क्रमैसंग अघिल्लो मोर्चामा खटिने सुनसरीका अन्य प्रहरी कार्यालयहरु र त्यस पश्चात अन्य संघ संस्थालाई पनि स्वास्थ्य सामग्री प्रदान गरिने बताए ।

ताजा समाचार

This will close in 10 seconds