प्रदेशीलाई मातृभूमिप्रतिको सद्भाव अक्सिजन नपाएर नागरिकले ज्यान गुमाउन थालेपछि अस्ट्रेलियामा रहेका कञ्चनपुरका युवाद्वारा आर्थिक सहयोग

कञ्चनपुर

कोरोना कहरले मातृभूमि(नेपाल) सुदूरपश्चिमका नागरिकले अकालमै ज्यान गुमाईरहेका खबर बाहिर आएपछि विदेशमा रहेका एक कञ्चनपुरका युवकले मातृभूमिप्रतिको अद्याग सद्भाव प्रकट गरेका छन । मुलुकमा तीन सरकार छन, तर अक्सिजन अभावका कारण नागरिक धमाधम ज्यान गुमाईरहेका छन । तर, उनीहरुको चिन्ता, चासो छैन । तर, मातृभूमि छाडेर विदेशमा पसिना बगाईरहेका भीमदत्त नगरपालिका ६ महेन्द्रनगर कञ्चनपुरका युवक ईन्जिनियर मोहन देव भट्टले मातृभूमिका नागरिकको समस्या मध्य नजर गर्दै आर्थिक सहयोग गरेका छन ।

सुदूरपश्चिम समाज अष्टे«लियाका अध्यक्ष समेत ईन्जिनियर मोहन देव भट्टले सुदूरका अस्पतालमा अक्सिजन अभाव आपूर्तिका लागि आर्थिक सहयोग गरेका हुन । ईन्जिनियर भट्टले महाकाली, सेती, टीकापुर, बैतडी र डडेल्धुराका अस्पतालमा अक्सिजन सहयोगका लागि आर्थिक सहयोग गरिरहेका छन । सुदूरका पाँचै अस्पतालमा ईन्जिनियर भट्टले ३३ हजार ७ सय ५० रुपैयाका दरले पाँचै अस्पताललाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरिरहेका छन । मंगलबार सम्ममा सेती र महाकाली अस्पतालमा सहयोग रकम हस्तान्तरण गरिएको छ । महाकाली अस्पतालमा कञ्चनपुर कैलाली उद्योग वाणिज्य सघ मार्फत रकम सहयोग गरेका छन ।

बाँकी अस्पतालमा सहयोग हस्तान्तरणका लागि छलफल चलिरहेको छ । मातृभूमि सुदूरपश्चिम नेपाल भएका ईन्जिनियर भट्टले विपद्का बेला आफ्नो मातृभूमि देशका नागरिकको जिवन रक्षाका लागि सक्दो सहयोग गरेको बताएका छन । उनले आफुहरु विदेश भएपनि मातृभूमि नागरिकले अक्सिजन नपाएर ज्यान गुमाईरहेको घटनाले चिन्तित बनाएर यस्तो महाविपद्तीका बेला सक्दो सहयोग गरेको बताएका छन । ईन्जिनियर भट्ट विदेशमा रहेपनि मातृभूमिको चिन्ता, चासो र मानविय सद्भाव देखाएको भन्दै सेती महाकाली अस्पतालले उनीप्रति अभाव प्रकट गरेका छन ।

ताजा समाचार

This will close in 10 seconds