जोखिममा स्वास्थ्यकर्मी : परिक्षण किटको पर्खाईमा दोधारा चाँदनीका स्थानिय

दोधारा 

भारतमा कोरोना भाईरस संक्रमण बढ्नु र खुला सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले दोधारा चाँदनी नगरपालिकामा संक्रमणको उच्च जोखिममा छ् । दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दिनदिनै कोरोना भाईरसको लक्षण भएको बिरामीहरु आउने गरेका छन् । पिसिआर तथा एन्टिजिन किटको अभाव संगै आएका बिरामीहरुलाई संक्रमित भएको पत्ता लगाउन सकिएको छैन् । कही कतै एन्टिजिन किट नपाएको कारण समस्या आएको दोधारा चाँदनी नगरपालिका कार्यालयका स्वास्थ्य शाखा प्रमुख जय बहादुर महराले जनाएका छन् । एन्टिजिन किटको बजारमा अभाव रहेको हुदा खरिद गर्न नसकिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका स्वास्थ्य शाखा प्रमुख जय बहादुर महराले बताए । कोरोना संक्रमण पत्ता लगाउने एन्टिजिन किट नभएको कारण प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न समस्या पर्दै आएको स्वास्थ्यकर्मीहरुले बताउदै आएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन राज चौधरी कोरोना संक्रमितहरुको उपचारमा दिन रात खटिदै आएका छन् । कोरोना संक्रमण भएका बिरामीहरुलाई अन्य अस्पतालमा पठाएर उपचार गर्न नसकिने अवस्था श्रजना भएपछि डाक्टर चौधरी र उनका टिम कोरोना संक्रमितहरुको उपचारमा दिनरात खटिदै आएका बताईएको छ् । स्वास्थ्य केन्द्रमा कोरोना परिक्षण गर्ने किटको अभाव संग अक्सिजनको समस्या देखा पर्न थालेको छ् । स्वास्थ्य सेवाको लागी विकट दोधारा चा“दनी नगरपालिकाका जनताले प्यारो मानेका व्यक्ति हुन् प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरी । संक्रमण बढेको अवस्थामा आफ्नो ज्यानको पर्वाह नगरि दोधारा चा“दनी नगरपालिकाका जनताको सेवामा समर्पित रहेका डाक्टर चौधरीले झण्डै १० जना भन्दा बढी कोरोना संक्रमितहरुलाई उपचार पछि घर फर्काएका छन् । दिनप्रतिदिन कोरोना संक्रमितको संख्या उकालो लाग्दै गर्दा आफ्नो ज्यानको जोखिम मोलेर अहोरात्र जनताको सेवामा समर्पित यस क्षेत्रका धरोहर डाक्टर चौधरी र उनका टिम प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितलाई उपचारमा ब्यस्त रहेका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले पिडाको बेला प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर गगन चौधरीले गर्दै आएका काम प्रति आफुहरु नतमस्तक भएको बताउछन् ।

‘डाक्टर चौधरीले पेशा भन्दा मानविय कार्य गर्नुर्भको छ्’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने । दोधारा चाँदनी नगरपालिकाले आईसोलेसन निमार्ण गर्ने भने अझै सम्म आईसोलेसन निमार्ण हुन सकेको छैन् । अघोषितरुपमा प्राथमिक स्वास्थ्य केन्द्र दोधारा कोभिड अस्पताल भएको छ् । आईसोलेसन निमार्णमा दोधारा चाँदनी नगरपालिका अझै अलमल देखिन्छन् । संक्रमणको लक्षण भएका दैनिक दर्जनौ बिरामी प्राथमिक स्वास्थ्य केन्द्रमा आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गगन चौधरीले बताएका छन् । एक अनुमान अनुसार गाँउ, बस्तीमा कोरोना संक्रमण भुसको आगो सरह फैलिएको छ् । कोरोना संक्रमण तीव्र रुपमा फैलिरहदा कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै पनि उच्च सर्तकता अपनाउनु प्राथमिक स्वास्थ्य केन्द्रका स्वस्थ्यकर्मीको सुझाव छ् । कोरोना भाइरसका नयाँ भेरियन्ट झन् संक्रामक हुनुका साथै मृत्यु दर बढाउन सक्ने स्वास्थ्यकर्मीको आंकलन छ् ।

पछिल्लो समय बढी देखिएको वायु प्रदुषणले दीर्घरोगी तथा अरु सामान्य व्यक्तिहरुको श्वास प्रश्वास प्रणालीमा असर पारेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीले बताए । ‘श्वासप्रश्वास प्रणाली अस्वस्थ भएको बेला कोभिड पनि लागेमा थप जोखिम हुन्छ’ प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीले भने । कोरोनाको दोस्रो अध्याय सुरु भइसकेको कारण पछिल्लो केही दिनमा प्राथमिक स्वास्थ्य केन्द्रमा सिकिस्त बिरामीको संख्या बढेको छ् । श्वासप्रश्वासको समस्या, ज्वरो, खाँसी लगाएतका समस्या भएका बिरामीहरु स्वास्थ्य केन्द्रमा थपिन थालेका छन् । ‘सिकिस्त संक्रमितको संख्या बढिरहेको छ् । समुदायमा पत्ता लागेका भन्दा धेरै व्यक्ति संक्रमित छन् । ‘यसले समुदायमा कोरोना भाइरसको दोस्रो छाल आईसकेको पुष्टि गर्छ’ एक स्वास्थ्यकर्मी बताउछन् । दोस्रो छाल टार्नै नसक्ने गरी फैलिनसक्ने खतराको घण्टी बजिसकेकाले सुरक्षा मापदण्डको पालनामा हेलचेक¥याई नगर्न प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले अनुरोध गरेको छ् ।

ताजा समाचार

This will close in 10 seconds