दोधारा चाँदनीका २ जना गरि कञ्चनपुरमा ९ जना कोरोना संक्रमितको मृत्यु

दोधारा

पछिल्लो २४ घण्टामा कञ्चनपुरमा कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको छ् । महाकाली अस्पतालमा उपचार्थ भीमदत्त नगरपालिकाका ६ जना, दोधार चाँदनी नगरपालिका २ जना र शुक्लाफाँटा नगरपालिकाका एक जनाको मृत्यु भएको छ् ।

त्यस्तै भीमदत्त नगरपालिका–३ का ७४ वर्षीय पुरुष, वडा नम्बर ४ का ७२ वर्षीय पुरुष, वडा नम्बर ५ का ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का ३५ र ५७ वर्षीय पुरुष र वडा नम्बर ८ की ६५ वर्षीया महिलाको मृत्यु भएको छ् । यस्तै दोधारा चाँदनी नगरपालिका–१ का ३१ वर्षीय र शुक्लाफाँटा नगरपालिका–१० का ३६ वर्षीय पुरुषको पनि महाकाली अस्पतालमै मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले जानकारी दिइन् ।

यस्तै दोधारा चाँदनी नगरपालिका वडा नं. ९ का ४३ वर्षिय पुरुष कोरोना संक्रमितबाट महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको मृतकको परिवारजनले जनाएका छन् ।

ताजा समाचार

This will close in 10 seconds