भारतबाट स्वदेश फर्किने मजदुरलाई खाना खुवाउँदै महेन्द्रनगरका युवा

कञ्चनपुर,
मजदुरीका लागि स्वदेशमा रोजगारी नपाएपछि भारत पसेका नेपाली नागरिक अहिले भारतमा कोरोनाले हाताहाती भएपछि स्वदेश फर्किन लागेका छन । तर, नेपालमा कोरोनाको चैन तोड्नका लागि लकडाउन गरिएको छ ।
लकडाउनका लागि बजार बन्द हुँदा भारतबाट फर्किने नेपालीले सीमा क्षेत्रमा रहेका बजारमा नास्ता तथा खाना पैशा भएपनि किन्न नपाउने अवस्था छ । भारतबाट फर्किएका मजदुरको उक्त समस्या मध्य नजर गर्दै महेन्द्रनगरका युवाहरुले निःशुल्क खाना खुवाईरहेका छन ।
भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका युवा समाजसेवि खगेन्द्र जोशीको अगुवाईका मंगलबारदेखि भारतबाट फर्किने नागरिकलाई खाना खुवाउन लागिएको हो । जोशी सहित मिराज अन्सारी, दाजुभार्ई होटलका संचालक कृष्ण जोशीले खाना खुवाउने अभियान शुरु गरेका हुन । ‘हाम्रो उदेश्य भारतबाट फर्किने नेपाली दाजुभाईको भोको पेटमा मलम लगाउने हो, ‘जोशीले भने, ‘यता लकडाउन छ, कम्तिमा घरसम्म पुग्दा केही त राहत हुन्छ ।’ खाना पकाएर प्याकिङ्ग गरेर सीमा नाका ग्डडाचौकीसम्म पु¥याएको बताउँदै जोशीले महामारीका बेला संकटमा परेका नेपालीलाई सक्दो सहयोग गरिएको बताए । ‘यो सरकारको दायित्व भएपनि हामीले सबै काम सरकार नै गरिदेला भनेर बस्नुभन्दा नागरिकको तर्फबाट समेत केही समाजिक काम गर्न खोजेका हौँ, ‘उनले भने, ‘महाविपत्तीका बेला एक नेपालीले अर्को नेपालीलाई दाजुभाईचाराको व्यवहार गरेका छौँ ।’ स्वदेशमा खान लाउन नपुगेपछि परिवार जहान त्यागेर विदेशमा परिना बगाईरहेका नेपालीलाई हेर्ने दृष्ट्रिकोण फरक भएकाले त्यसलाई चिर्न समेत जरुरी रहेको उनको सुझाव छ । ‘हामीहरु कुनै एनजिओ, आईएनजिओ होईनौँ, भन्दै हामीले सीमा क्षेत्रमा पुगेर सिधै बसवालाहरुलाई खानाका प्याकेट छाडेर आए, ‘उनले भने, ‘हामीले दिने सहयोगमा फोटो खिचेर भोली डलर भित्र्राउनु छैन, तर पुण्य काम गर्नुछ ।’ युवाहरुको अभियानमा भारतबाट फर्किने नेपालीले समेत हर्ष व्यक्त गरेका छन । थप स्थानीय समाजसेविबाट अभियानलाई साथ सर्मथन भएकाले केही दिन निरन्तरता दिने जोशीले बताए ।

ताजा समाचार

This will close in 10 seconds