क्रान्तिकारी विद्यार्थी संगठनको पहलमा डेरा गरि कञ्चनपुरमा बस्ने संकटमा परेका विद्यार्थीको उद्दार

  • 133
    Shares

कञ्चनपुर,
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पहलमा लकडाउनमा समस्या परेका विद्यार्थीहरुको उद्दार कार्य भईरहेको छ । विद्यार्थी नेता बिरेन्द्र राज विष्ट नेतृत्वको अखिल क्रान्तिकारी विद्यार्थी संगठन कञ्चनपुरले लकडाउनका बेला समस्यामा परेका विद्यार्थीको उद्दार कार्य गरिरहेको छ ।
बढ्दै गएको कोरोना महामारी रोकथामका लागि स्थानीय प्रशासनले बैशाख मसान्त सम्ममा लकडाउन गरेसंगै विभिन्न जिल्ला घर भई महेन्द्रनगर सहित जिल्लाका अन्य स्थानमा डेरा गरि अध्ययनमा रहेका विद्यार्थीको समस्या मध्य नगर गर्दैं क्रान्तिकारीले उद्दार गरिरहेको क्रान्तिकारी विद्यार्थी संगठन कञ्चनपुरले जनाएको छ ।
अखिल क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष कैलाचन्द्र गिरीले लकडाउनका कारण विद्यालय, क्याम्पस बन्द भएपछि डेरा गरि अध्ययनमा गर्दै आएका विद्यार्थीलाई समस्या परेपछि उनीहरुको समस्या मध्य नजर गर्दै संगठनले उद्दार गरिरहेको बताए ।
उपाध्यक्ष गिरीका अनुसार संकटमा परेका विद्यार्थीले क्रान्तिकारीसंग गरेको अनुरोध बमोजिम क्रान्तिकारीले प्रशासन, प्रहरी, ट्राफिक प्रहरी सहित यातायात व्यवसायीसग सहकार्य गरेर विद्यार्थीको घरसम्म पु¥याउने कार्य अघि बढाईएको छ । हालसम्म बझाङ्ग, बैतडी, पाटन, बाजुरा जिल्लाका विद्यार्थीलाई उनीहरुकै गन्तव्यसम्म पु¥याईएको छ । ‘हालम्म दुई सय विद्यार्थीलाई घरसम्म पु¥याउने प्रबन्ध मिलाएका छौँ, ‘उनले भने, ‘अझैपनि स्वास्थ्यका मापदण्ड पुरा गरि पु¥याउँनेछौँ ।’
गत बर्ष लकडाउनका कारण अलपत्र परेका विद्यार्थीको उद्दार, राहतको समस्या मध्य नजर गर्दै यस बर्ष शुरुवाती चरणदेखि नै उद्दारमा जुटिएको बताए । क्रान्तिकारीका उपाध्यक्ष गिरीले आफुहरुको काम संकटमा परेका विद्यार्थीको सक्दो सहयोग गर्ने बताए । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष बिरेन्द्रराज विष्टले लकडाउनमा समस्या परेका विद्यार्थीको उद्दार कार्य सरकारको दायित्व भएपनि सरकारबाट पहल नभएकाले क्रान्तिकारीले विभिन्न सयन्त्रसंग समन्वय गरेर उद्दार गर्न गरिरहेको बताए । ‘सकटमा परेका विद्यार्थीको उद्दार, सहयोग गर्ने हाम्रो दायित्व नै हो, ‘अध्यक्ष विष्टले भने, ‘त्यही भएर उद्दारमा जुटेका छौँ ।’ अझै विकराल रुप देखा परे बाँकी डेरमा रहेका विद्यार्थीको उद्दार गछौँ ।’ क्रान्तिकारी विद्यार्थीले उद्दार गरि घरसम्म पु¥याउने प्रबन्ध मिलाएसंगै विद्यार्थी हर्षित भएका छन । विद्यार्थीको वास्तविक पिरमर्का र महासंकटका बेला सहयोग गरेको उद्दार भएका विद्यार्थीले क्रान्तिकारी संगठनले वास्तविक विद्यार्थीको पीडा बुझेको बताएका छन ।

  • 133
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

बैतडिको दोगोडा केदारमा भारी असिनाले क्षति

नवीन जोशी /बैतडी सुदूरपश्चिम प्रदेशका तराई लगायत पहाडी जिल्लाका अधिकांश भागमा निकै वर्षा हुँदा आज बुधबार साझ परेको असिनाले बैतडिको दोगोडाकेदार र आसपासका क्षेत्रमा भारी...

कञ्चनपुरमा निषेधज्ञा जेष्ठ ७ गते सम्म थप कायम

कञ्चनपुर कञ्चपुर जिल्ला प्रशासन कार्यालयबाट बैशाख ३१ गते सम्म तोकिएको निषेधाज्ञा (लकडाउन)को समयाअवधि थप गरि जेष्ठ ७ गते राती १२ बजे सम्मको लागि कायम गरिएको...

जनज्योति क्याम्पसद्वारा महाकालि अस्पताललाई एकलाख एकाउन्न हजार सहयोग प्रदान

कञ्चनपुर सुदूरपश्चिम प्रदेश कै अग्रणी शैक्षिक संस्था जनज्योति क्याम्पसले बढिरहेको कोरोनाको कहर र यस अवधिमा विरामीलाई अक्सिजनको अभाव कम गर्न तत्काल अक्सिजन पलान्ट निर्माण गरी...

फारवेष्ट टाईम्स नेपाली दैनिक एव अनलाईन संस्करणले महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग

कञ्चनपुर सुदूरपश्चिमकै जेठो पत्रिका फारवेष्ट टाईम्स नेपाली दैनिक एव अनलाईन संस्करणले महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेकोछ । अक्सिजन अभावका कारण कोरोना महामारीका...

काठमाडौंविरुद्ध पुनरागमन जितसहित धनगढी एनएसएलको फाइनलमा प्रवेश

 कञ्चनपुर , काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्द धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो...