चितवनलाई हराउँदै धनगढी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा

  • 118
    Shares

एफसी चितवनलाई हराउँदै धनगढी एफसी काठमाडौंमा जारी नेपालको पहिलो फेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ ।

अंकतालिकाको शीर्ष स्थानमा उक्लिने क्रममा धनगढीले शनिबार दिनको पहिलो खेलमा चितवनमाथि ३-० गोल अन्तरले जित आत्मसाथ गर्यो । टिमले सहज जित हासिल गर्ने क्रममा धनगढीका निशान लिम्बू, ओलावाले आफिज र बुद्धबल तामाङले गोल गरेका थिए ।पहिलो हाफ गोलरहित सकिएको खेलमा धनगढीका निशान लिम्बूले खेलको ६४ औं मिनेटमा गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि विदेशी खेलाडी ओलावाले आफिजले खेलको ६९ औं मिनेटमा गोल गर्दै टिमको अग्रतालाई दोब्बर गरे । र ८० औं मिनेटमा धनगढीका बुद्धबलले टिमका लागि तेस्रो गोल गरे । यो सँगै शीर्ष स्थानमा रहेको धनगढीले ४ खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको बुटवलको २ खेलबाट ४ अंक रहँदा ३ खेलबाट ४ अंक जोडेको पोखरा थन्डर्स तेस्रो स्थानमा छ। चितवन भने ३ खेलबाट २ अंक जोड्दै अंकतालिकाको छैठौं स्थानमा छ।

  • 118
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

बैतडिको दोगोडा केदारमा भारी असिनाले क्षति

नवीन जोशी /बैतडी सुदूरपश्चिम प्रदेशका तराई लगायत पहाडी जिल्लाका अधिकांश भागमा निकै वर्षा हुँदा आज बुधबार साझ परेको असिनाले बैतडिको दोगोडाकेदार र आसपासका क्षेत्रमा भारी...

कञ्चनपुरमा निषेधज्ञा जेष्ठ ७ गते सम्म थप कायम

कञ्चनपुर कञ्चपुर जिल्ला प्रशासन कार्यालयबाट बैशाख ३१ गते सम्म तोकिएको निषेधाज्ञा (लकडाउन)को समयाअवधि थप गरि जेष्ठ ७ गते राती १२ बजे सम्मको लागि कायम गरिएको...

जनज्योति क्याम्पसद्वारा महाकालि अस्पताललाई एकलाख एकाउन्न हजार सहयोग प्रदान

कञ्चनपुर सुदूरपश्चिम प्रदेश कै अग्रणी शैक्षिक संस्था जनज्योति क्याम्पसले बढिरहेको कोरोनाको कहर र यस अवधिमा विरामीलाई अक्सिजनको अभाव कम गर्न तत्काल अक्सिजन पलान्ट निर्माण गरी...

फारवेष्ट टाईम्स नेपाली दैनिक एव अनलाईन संस्करणले महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग

कञ्चनपुर सुदूरपश्चिमकै जेठो पत्रिका फारवेष्ट टाईम्स नेपाली दैनिक एव अनलाईन संस्करणले महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेकोछ । अक्सिजन अभावका कारण कोरोना महामारीका...

काठमाडौंविरुद्ध पुनरागमन जितसहित धनगढी एनएसएलको फाइनलमा प्रवेश

 कञ्चनपुर , काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्द धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो...