भीमदत्तबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु नगर प्रमुख विष्टद्धारा डिजिटल सुदूरपश्चिम अभियानको उद्धघाटन

महेन्द्रनगर

कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु भएको छ । साक डिजिटल युनिर्भसिटीले भीमदत्त नगरपालिकाबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु गरेको हो । मंगलबार एक कार्यक्रम भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले अभियानको औपचारिक उद्धघाटन गरे । सुदूरपश्चिमलाई आधुनिक सुचना प्रविधिसँग जोड्दै डिजिटल प्रणालीको विकास गर्न अभियान सुरु गरिएको साक डिजिटल युनिर्भसिटीका सिईओ गणेश जोशीले बताए ।

उनका अनुसार अभियान अन्र्तगत साक डिजिटल युनिर्भसिटीले सुदूरपश्चिमका ९० जनालाई निशुल्क डिजिटल प्रणालीबारे प्रशिक्षण दिेनेछ । त्यस्तै अभियान अन्र्तगत सुदूरपश्चिका स्थानीय तहहरुलाई गुगल म्यापीङ् गरिने भने स्थानीय प्रदेश सरकारसँगको सहकार्यमा ई–गभरर्नेस सेवालाई प्रवद्र्धन गरिने सिईओ जोशीको भनाई छ । सुदूरपश्चिममा विकासको रुपम पछाडी परेको भनिएका पनि यसलाई प्रविधिको माध्यमबाट अगाडी बढाउन सकिन्छ उनले भने सुचना प्रविधिको माध्यमबाट सुदूरपश्चिमलाई चिनाउने र यस क्षेत्रमा डिजिटल प्रणालीको विकास गर्ने हाम्रो उद्देश्य हो ।

साथै उनले यस अभियानलाई विभिन्न सरकार ितथा गैर सरकारी सरोकोवाला निकायको सहयोग मिल्ने अपेक्षा समेत गरे । नगर प्रमुख सरेन्द्र विष्टले वर्तमान सुचना प्रविधिको युगमा डिजिटल प्रणालीको विकास अत्याआवश्यक भएको बताए । उनले नगरपालिकाले सुचना प्रविधिको प्रयोगसहित भीमदत्तलाई स्मार्ट बनाउने योजना सुरु भईसकको बताए । साथै नगरपालिकाले सरोकारवा निकायसँगको सहकार्य र साझेदारीमा काम गर्ने निति लिएको उनको भनाई छ ।

ताजा समाचार

This will close in 10 seconds