बेलौरीको विज्डम एकेडेमीमा गुगुल्डि वितरण एवं साहित्यीक अन्तरक्रिया

कञ्चनपुर
कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका स्थित श्री विज्डम एकेडेमीमा वि.सं. २०५४ सालदेखी निरन्तर प्रकाशित गुगुल्डि साहित्यीक मासिक पत्रिकाको वितरण एवं साहित्यीक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार वितरण सम्बन्धी एक औपचारिक कार्यक्रम आयोजना गरि विद्यार्थी तथा शिक्षक माझ साहित्यीक अन्तरक्रिया समेत गरिएको हो । प्रत्येक कक्षाका कक्षा क्याप्टेनहरु संगै होल विद्यालय क्याप्टन र गुगुल्डि सम्पर्क व्यक्ति तथा विद्यालयका प्रिन्सिपल गोविन्द थापालाई गुगुल्डि पत्रिका वितरण गरिएको हो ।

No description available.

विद्यार्थी सहभागीका तर्फबाट बोल्दै होल स्कmुल क्याप्टेनले यस प्रकारको कार्यबाट विद्यार्थीको श्रजनशिलतामा टेवा पुग्ने बताउनु भयो । गुगुल्डि साहित्यीक पत्रिकाको लागि विज्डम एकेडेमीका फोकल पर्सन दिपेन्द्र उपाध्यायले विद्यार्थीहरुका श्रजना प्रकाशन गर्न मञ्च प्राप्त भएकोमा खुसी व्यक्त गर्नु भयो । विद्यालयका प्रिन्सीपल गोविन्द थापाले गुगुल्डि वितरण भएकोमा धन्यवाद दिदै दत्तचित्त भएर साहित्यीक श्रजना तर्फ लाग्न विद्यार्थीलाई प्रेरित गर्नुका साथै पत्रिकाको आजिवन सस्य समेत भएर सहयोग गर्ने कुरा उल्लेख गर्नु भयो ।

No description available.

गुगुल्डि साहित्यीक मासिक पत्रिकाका आजिवन सदस्य अमित प्रसाद भट्टले गुगुल्डि पत्रिका वितरण गरेको कार्यक्रम विद्यालयको प्राथना सभामा आयोजना गरिएको थियो । विद्यालयको कक्षा नर्सरी देखी १० सम्म अध्ययनरत सबै विद्यार्थीसंगै सम्पुर्ण शिक्षक,कर्मचारीको उपस्थीति रहेको थियो ।बेलौरी क्षेत्रका विभिन्न विद्यालयमा जनस्वास्थ्य मापदण्डको पालना सहित गुगुल्डि वितरण संगै साहित्यीक अन्तरक्रियाको कार्यक्रम चलिरहेको छ ।

ताजा समाचार