माईती नेपालका संयोजकले आफ्नो जन्म दिनको अवसरमा बडवाल टोलका बादी घरपरिवारलाई दिए राहत

दोधारा

माईती नेपाल कञ्चनपुरका संयोजक भट्टले आफ्नो जन्म दिनको अवसर पारेर दोधारा चाँदनीका बादी घरपरिवारलाई सहयोग गरेका छन् । माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले हिजो आफ्नो जन्म दिनको अवसर पारेर दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका बादी घरपरिवारलाई एक बोरो चामल, १ कार्टुन चाउचाउ र बालबालिकाहरुलाई ६ थान सर्वोत्तम पिठो सहयोग गरेका हुन् ।

No description available.संचार माध्यममा बारम्बार बादी घरपरिवारको समस्या र पिडा आउदै गर्दा आफुले पनि सहयोग गर्ने योजना बनाएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । बडवाल टोलको बादी घरपरिवारको अवस्था निकै दैनिय रहेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए । उनिहरुको लागी बस्न र खानाको निकै समस्या रहदै हुदा उनिहरुको दैनिकी निकै समस्या ग्रस्त रहेको उनको भनाई रहेको छ् । उनिहरुको पिडाको बेला सबैले सक्दो सहयोग गर्नु पर्ने अवस्था रहेको संयोजक महेश्वरी भट्टले बताए । ‘खाना र बस्नाको उनिहरुलाई निकै समस्या छ्’ माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट भने ।

No description available.

समस्यामा रहदै आएको बेला आफुलाई सहयोग गर्नुभएको भन्दै माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टलाई बादी घरपरिवारले धन्यबाद दिएका थिए । संयोजक भट्टको जन्म दिनको बादी घरपरिवारले ताली बजाएर जन्म दिनको शुभकामना समेत दिएको थिए । जन्म दिनमा अनावश्यक फजुल खर्च गर्नु भन्दा दिनदुखीलाई सहयोग गरेको भन्दै महिला अधिकारकर्मी तथा माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा गठित सुरक्षित संजालका संयोजक खिमा चन्दले माईती नेपालका संयोजक महेश्वरी भट्टलाई धन्यबाद दिएका थिए ।

अहिलेको आधुनिक युगमा समयमा खानपिन तथा पार्टीमा फजुल खर्च गर्ने संस्कृतिको विकास भएको बताउदै उनले सुरक्षित संजालका संयोजक खिमा चन्दले फजुल खर्च गर्नु भन्दा बिपन्न तथा खानाको समस्या झेल्दै आएकाहरुलाई गरिब दिनदुखीलाई सहयोग गर्न सबैलाई आग्रह गरे । बादी घरपरिवारका एक पुष्पा बादीले माईती नेपाल कञ्चनपुरका संयोजक भट्टलाई जन्म दिनको बधाई दिदै गाँउ, बस्ती चहारे माँगेका खाद्यान्नले बिहान, साँझ दैनिकी चलाउन निकै कठिन रहेको अवस्थामा संयोजक भट्टले गरेको सहयोग आफु र आफ्नो परिवारको लागी निकै ठुलो गुन रहेको पुष्पा बादीले बताए ।

ताजा समाचार

This will close in 10 seconds