बडवाल टोलका बादीहरुकोे हावा पानीले त्रिपाल उडायो

दोधारा 

गएराती आएको हावा संगै हुरीले दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका बादी घरपरिवारको बासस्थान उडाएको छ् । उनिहरु बिगत २ महिना देखि बडवाल टोलको सडक नजिक त्रिपाल मुनी बस्दै आएका छन् । उनिहरु अहिले ३ घरपरिवारका १५ जना परिवार त्रिपाल मुनी बास बस्दै आएका छन् । संचार माध्यममा बडवाल टोलमा बस्दै आएको बादी घरपरिवारको समस्या आउदै गर्दा हिजो बादी घर परिवारको अवस्था बुझ्न सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी, सामाजिक विकास समितिका सभापती कुन्ती जोशी, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, उपप्रमुख चिनी ओझा गिरी लगाएत टोली बडवाल टोल पुगेर उनिहरुको अवस्थाको बारेमा जानकारी लिएर फर्केका छन् ।

No description available.

गएराती आएको हावा सहित पानीले उनिहरुको त्रिपाल उडाएको छ् । उनिहरुको माँगेर ल्याएका केही रासन तथा लत्ताकपडा समेत पानीले भिगेका छन् । हावा पानीले उनिहरु रातीको समयमा बस्दै आएको त्रिपाललाई छाडेर नजिक सुरक्षित स्थानमा बस्न बाध्य भएको उनिहरुले बताएका छन् । उनिहरुले खाना पकाउन समेत नपाएको बताएका छन् । खाना पकाउदै गर्दा अचानक हावा पानी आएपछि काँखे नानीहरुलाई काँखमा च्यापी रुखको तल रात बिताउन बाध्य भएको पुष्पा बादीले बताएका छन् ।

‘हावा पानीले सबै अन्धकार बनायो, त्रिपाल च्यात्न थाल्यो, नानीहरु रुन कराउन थाले’ पुष्पा बादीले भनिन्– ‘आँखा देखिएन् हावा पानीमा भाग्दै नजिकको रुखमा झण्डै २ घण्टा बितायौं ।’ हावा पानीले उनिहरु बस्ने त्रिपाल काम नलाग्ने भएको छ् । हावा पानी रोकिएपछि नजिक रहेको उक गोठको सहारामा रात बिताएको उनिहरुले बताएका छन् । हावा पानीले ३ घरपरिवार केही समयको लागी सम्पर्क बिहिनै भएको उनिहरुले बताए । ‘जहान परिवारहरु आ–आफ्नो नानीहरु लिएर सुरक्षित स्थान खोज्न भाग्न थाले’ बिष्णु बादीले भने । झण्डै २ घण्टा पछि मात्रै ३ घरपरिवार सम्पर्कमा आएको उनले बताए ।

आज बिहान मात्रै हावा पानीले च्यात्तीएको त्रिपाललाई मर्मत गरि बस्ने स्थान बनाएको उनिहरुले बताए । उनिहरुलाई जग्गा र रोजगारीको समस्याको कारण फिरन्ते जिवन बिताउन बाध्य भएको अहिले आएर उनिहरु दैनिक झन कष्टकर बन्दै आएको छ् । नेपालमा द्धन्दको समयमा बडवाल टोलमा स्थानिय जोगी महता लगाएत टोलीले आफु माओबादी बताउदै बडवाल टोल तथा आसपास क्षेत्रमा आतंक मच्चाएको कारण चरम आतंक सहन गर्न नसकी ज्यान बचाउन बादी घरपरिवार भारत तर्फ बिस्तापित हुन बाध्य भएको उनिहरुले बताउदै आएका छन् ।

खाना र बस्नको उनिहरुलाई निकै समस्याको बिच जिवन बिताउनु परेको सितली बादीले बताएका छन् । दिनभरी गाँउ बस्ती चहारेर माँगेको अन्नपानीले आफ्नो साँझ बिहानको गुजारा चल्दै आएको सितली बादीले दुखेशो पोखिन् । ३ घरपरिवारमा १० जना १२ वर्ष सम्मका नानीहरु रहेका छन् । उनिहरु कहिल्यै बिद्यालय सम्म गएनन् ।

ताजा समाचार

This will close in 10 seconds