विद्यावारधीप्राप्त प्राध्यापकहरु सम्मानित

कञ्चनपुर,
सुदूरपश्चिम विश्वविद्यालयमा प्राध्यापनरत रही हाल कार्यरत, काज वा अवकाशप्राप्त विद्यावारधीप्राप्त प्राध्यापकहरुलाई सम्मान गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय क्याम्पसले आईतवार नयां वर्ष २०७८ सालको शुभकामना आदानप्रदान गर्नुका साथै विद्यावारधी प्राप्त प्राध्यापकहरुलाई सम्मान गरेको हो ।

प्राध्यापक संघ केन्द्रीय क्याम्पसका सभापति दीपकचन्द्र भटटको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि सु.प. विश्वविद्यालयका उपकुलपति प्रा. डा. अम्मराज जोशी रहनुभएको थियो । सम्मानित हुनुहुनेमा मानविकी तथा सामाजिक शास्त्र संकायका पूर्व डीन डा. टेकराज पन्त(सन १९९१), विज्ञान तथा प्रविधि संकायका पूर्व डीन प्रा. डा. भवानीचन्द ठकुरी(सन २००८), मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. मुकुन्दवल्लभ कलौनी (सन २००१), पूर्व डीन प्रा.डा. चन्दन सिंह वोहरा(सन २०००), व्यवस्थापन संकायका पूर्व डीन तथा मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. भारती जोशी (सन २०२१), शिक्षाशास्त्र संकायका डीन एवं रजिष्टार डा. गोविन्दसिंह विष्ट (सन २०१६), इन्जीनियरीन संकायका डीन डा. किसनदत्त भटट(२०१४), सुपवि. केन्द्रीय क्याम्पसका प्रिन्सीपल डा. भूपेन्द्र विष्ट(सन २००८), मानविकी तथा साकाजिक शास्त्र विभागका विभागिय प्रमुख डा. हरिशचन्द्र भटट(वि.स.२०७६), परिक्षा सह नियन्त्रक डा. प्रेमसिंह भाट(सन २०२०), शिक्षाशास्त्र विभागका उपप्राध्यापक डा. यज्ञराज पाण्डे (सन २०१९) रहेका छन । उक्त कार्यक्रममा सम्पूर्ण सहभागिहरुले नया वर्षको शुभकामना आदानप्रदान गरेका थिए ।

केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागिय प्रमुखहरु, प्राध्यापक पेशागत संघसंगठन प्रमुख, प्राध्यापक तथा कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेका उक्त कार्यक्रममा प्रमुख अतिथि उपकुलपति प्रा.डा. अम्मराज जोशीले विश्वविद्यालयले गरेका प्रगतिहरुवारे वर्णन गर्दै आगामी दिनमा विश्वविद्यालयलाई अग्रगतिमा लैजानका लागि सवैको सहयोग आवश्यक पर्ने वताउनुभयो ।

कार्यक्रमका सभापति दीपकचन्द्र भटटले विशव्विद्यालयले नयां वर्षमा नयां उमगंका साथ प्राज्ञिक क्षेत्रमा फडको मार्नै विश्वास व्यक्त गर्नुभयो । साथै सुपवि केन्द्रीय क्याम्पसमा प्राध्यापनरत विद्यावारधिप्राप्त प्राध्यापकहरुको सम्मानवाट नया पिढींका प्राध्यापकहरुले समेत अध्ययन अनुसन्धान कार्यमा लाग्न प्रेरित गर्नुका साथै विश्वविद्यालयमा प्राज्ञिक क्षेत्र वलियो हुदै जाने समेत विश्वास व्यक्त गर्नुभयो ।

ताजा समाचार