संक्रमण बढ्दै, सावधानी हट्दै

दोधारा
पछिल्लो समय आम नागरिकले कोरोनाको जोखिमलाई बेवास्ता गर्दै सामान्य रुपमा आफ्नो गतिविधि गरेको देखिन थालेको छ । कोरोना संक्रमणको जोखिमनै नभएको हो कि, भन्ने गरी बढ्न थालेको राजनीतिक गतिविधिका स्थानिय सरकारकाकै गतिबिधीको कारणले पनि खतरा बढेको जानकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । भारतमा कोरोना संक्रमणको भयाभव अवस्था श्रजना भईरहेको अवस्थामा दोधारा चाँदनी नगरपालिकाका खुला सिमा क्षेत्रबाट निर्वाधरुपमा आवत जावत र मालसमान तस्करीको कारण कोरोना संक्रमणको अझ जोखिम रहेको छ् । सिमा क्षेत्रमा भारतबाट नेपाल भित्रिने संख्यामा बृद्धि संगै रातीको समयमा अबैध समान ओसार पसार रोक्न स्थानिय प्रशासन निरही बनेको छ् । खुला सिमा संगै नगर क्षेत्र भित्र समेत नागरिककै कारण संक्रमण बढ्ने खतरा बढेको छ् ।

No description available.

दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत खुला सिमा क्षेत्रमा रातीको समय हुने गरेको अबैध तस्करी मौलाउदै गएको कारण कोरोना संक्रमण बढ्न सक्ने एकथरीको भनाई रहेको छ् । सशस्त्र प्रहरी र नेपाल प्रहरीले बेलाबखत सिमा क्षेत्रबाट भारतबाट ल्याउदै गरेको अबैध मालसमान बरामद गर्दै आएपनि अबैध तस्करीमा नियन्त्रण भने भएको छैन् । दैनिक उपभोग्य सामग्रीको नाउमा ब्यापारीहरुले भारतबाट अबैध समान भित्र्याउने गर्दै आएका छन् । जसले गर्दा भारतमा ब्यापकरुपमा फैलिदै गएको कोरोना संक्रमण नेपाल भित्रिदै गएको आशंका बढेर गएको छ् । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्र अझै कसिलो भएको छैन् । संक्रमण फैलिने सक्ने खुला सिमा क्षेत्रमा कडाई गर्नु आवश्यक छ् । पछिल्लो समय प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको एक तथ्यांक अनुसार एंटीजन जाँचबाट ४ जना कोरोना संक्रमित देखिएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ् ।

नागरिकहरुका पछिल्ला गतिविधीमा स्वास्थ्य मापदण्डलाई राम्ररी पालना नगरेको देखिएकाले कोरोनाको महामारीको दोस्रो लहरले क्षती गर्ने आशंका स्वास्थ्यकर्मीहरु छ् । खानपिन र हावापानी वातावरणले कोरोना लाग्दैन भन्ने केही मानिसमा भ्रम देखा परेको सुन्नमा आउछ त्यस्तो भ्रम र खेलवाडमा नलाग्न बिज्ञहरुले सबैमा आग्रह गरेका छन् । तर पछिल्लो समय स्थानिय सरकार र राजनीतिक गतिविधिले कोरोनाको संक्रमण बढ्न सक्ने खतरा त्यतिकै मात्रामा रहेको आंकलन गर्न सकिन्छ् । भाईरस आफैमा रुपान्तरित भएर नया“ रुपमा आउने भएकाले स्थानिय स्तरमा समेत नयाँ रुपमा उत्पन्न हुनसक्ने खतरा त्यत्तिकै मात्रामा रहेकाले चनाखो हुन आवश्यक रहेको छ् । कोरोना खोप लगाएकाहरु कोरोनाबाट मुक्त भईन्छ भन्ने खालका विश्वासमा बेवास्ता गर्नु नहुने बिज्ञहरुको भनाई रहेको छ् । स्थानिय प्रशासन संगै स्थानिय सरकारले दोधारा चाँदनी नगरपालिका संगै जोडिएको नेपाल–भारत खुला सिमा क्षेत्रमा कडाई संगै नागरिकहरुहरुलाई स्वास्थ्य मापदण्ड राम्ररी पालना गर्न लगाउनु आवश्यक छ् । दोस्रो प्रकारको भाईरस पहिलाको भन्दा अलि असर गर्ने र छिटो फैलिने खालको रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीले बताउछन् ।

विदेशबाट आउने मानिसलाई अनिवार्य कडाईका साथ क्वारेन्टाइनमा बस्ने व्यवस्था लगाएत नेपाल भारतको खुला सीमानाबाट आउनेको हकमा पनि निगरानीका साथ व्यवस्थापन गर्नु पर्ने डाक्टर चौधरीको भनाई छ् । सधैं मानिस कोरोना मात्रै भनेर बसेर मात्रै जिवन नचल्ने भएकाले संक्रमणबाट जोगिन सावधानीका उपायमा भने गम्भीर भएर लाग्न आवश्यक रहेको जानकारहरु बताउछन् । मानिसहरुमा कोरोना हट्यो भनेर जसरी गरेर भिडभाडमा जाँदा पनि मास्क, सेनिटाइजरको प्रयोग नगर्ने गरिएको छ, त्यो गलत भएको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीको भनाई छ् । सबै मिलेर सावधानीका साथ आफ्ना गतिविधि गरेमा परिवार, समाजलाईनै कोरोना संक्रमणबाट बचाउन सकिनेमा डाक्टर चौधरीको ठहर छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सामाजिक दुरि कायम गर्न सकिने स्थान र काममा पनि सामाजिक दुरि कायम गरेको देखिदैन, चिया पसलमा चिया पिउने र गफ गर्नेहरुको संख्या समेत उल्लेखनिय पाईन्छ् । भने स्वास्थ्य सुरक्षाका सामाग्रीहरु (मास्क र सेनिटाइजर) जस्ता सामाग्रीको प्रयोगमा कमी आएको पाईएको छ् ।

यी र यस्ता गतिबिधी ब्यवसाय संचालन गर्दा गर्दै पनि अपनाउन सकिन्छ, काम र कार्यालयमा सजिलै लागू गर्न सकिन्छ, पसल संचालन गर्न र प्रयोगमा ल्याउन सकिन्छ तर पनि यस्तै सानो तर महत्वपूर्ण मानिने हाम्रो क्रियाकलाप लापरबाही बन्दै गएको छ् । महाकाली झोलुङ्गे पुलमा होलीको समयमा आवाज जावत गर्नेहरुलाई मास्क लगाउन अनिवार्य गरेपनि अहिले आएर निर्वाधरुपमा मास्क बिना आवत जावत गर्दै आएका छन् । सम्भावित स्थानहरुमा हेल्थडेष्क संचालन गर्ने, आईसोलेसन तथा क्वारेन्टाईन निमार्ण गर्नु पर्ने स्वास्थ्यकर्मीहरुले सल्लाह दिदै आएपनि दोधारा चाँदनी नगर क्षेत्रमा अहिले आएर सो स्वास्थ्य मापदण्डहरु पुरा भएका छैनन् ।

ताजा समाचार

This will close in 10 seconds