कैलालीमा जिल्ला लिग फुटबल प्रतियोगिता शुरु

कैलाली ,
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ। “स्वास्थ्यका लागी खेलकुल, राष्ट्रका लागी खेलकुद” भन्ने नारा सहित धनगढीमा जिल्ला लिग फुटबल प्रतियोगिता आज देखि शुरु भएको हो।

धनगढी रङ्शालामा सुरु भएको जिल्ला लिग फुटबल प्रतियोगिता जेठ १ गतेसम्म सञ्चालन हुने आयोजक कैलाली जिल्ला फुटबल संघले जनाएको छ । फुटबल प्रतियोगितामा कैलाली जिल्लाका १७ ओटा फुटबल टिमको सहभागिता रहेको छ ।
जिल्ला लिग फुटबल प्रतियोगिताका सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिब दिपक बहादुर सिँहले उट्घाटन गरेका हुन । उट्घाटन कार्यक्रममा बोल्दै खेलकुद परिषदका सदस्य सचिब सिँहले सुदुरपश्चिम प्रदेश फुटबल खेलको उर्वर क्षेत्र भएकाले यस्बाट राम्रा खेलाडीको उत्पादन हुने बताए ।
फुटबल खेलप्रती युवाहरुको आकर्षण बढ्ने र सुदुरपश्चिमको पहिचान राख्न जिल्ला लिग फुटबल प्रतियोगिताले सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । यस्तै कैलाली जिल्ला फुटबल संग कैलाली उपाध्यक्ष अनिल मल्लले नयाँ फुटबल खेलाडी उत्पादन गर्ने उदेश्यले जिल्ला लिग फुटबल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
यस्मा कैलाली जिल्ला फुटबल संघमा आबद्ध भएका १७ ओटा टिमाको सहभागिता रहने उनको भनाइ छ । केन्द्रीय अखिल नेपाल फुटबल संगको बार्षिक निती तथा कार्यक्रम अनुसार आयोजना गरिएको प्रतियोगिता आयोजना गरिएको कैलाली जिल्ला फुटबल संग कैलाली उपाध्यक्ष मल्लले बताए ।
जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरर्गत पहिलो उद्घाटन खेल स्टार सिटी युथ क्लब र धनगढी युवा क्लब विच भएकोमा खेलमा स्टार सिटी १ गोलले विजय भएको छ । खेलमा धनगढी युवा क्लबको २ गोल र स्टार सिटीको ३ गोल भएको थियो ।

ताजा समाचार

This will close in 10 seconds