हुलाकी सडक निर्माणमा चरम लार्पबाही

वाईसियल बेलडाँडीको ध्यानाकर्षण निर्धारित समयमै काम गर्न निर्माण कम्पनीलाई आग्रह

कञ्चनपुर

हुलाकी राजमार्ग निर्माण कार्य चरम लार्पर्बाही भएपछि नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्यूनिष्ट लिग(वाईसियल)को ध्यानाकर्षण भएको छ । वाईसियल बेलडाँडीले निर्माण कम्पनी र हुलाकी राजमार्गलाई ज्ञापन पत्र बुझाउँदै निर्माण कार्य ढिलाईबारे ध्यानाकर्षण गराउँदै समयमै काम सम्पन्न गर्न ज्ञापन पत्र बुझाएको हो । वाईसियल बेलडाँडीका संयोजक दिपक खडका र इन्चार्ज चेत बहादुर शाहले संयुक्त रुपमा हस्ताक्षर गरेको ज्ञापन पत्रमा समयमै सडक निर्माण नहुँदा जनतालाई साँस्ती खेप्नु परेको दुर्घटना भईरहेको भन्दै सरोकारवाला निकायलाई ज्ञापन पत्र बुझाएको हो । वाईसियल बेलडाँडीले समयमै निर्माण नगरे कम्पनी आयोजना बिरुद्ध आन्दोलनको चेतावनी दिएका छन ।

बाबाहंससिद्धिकी र शर्माजेभी निर्माण कम्पनीले कालोपत्रेको काम गर्न सकेका छैनन् । शर्मा जेभी निर्माण कम्पनी परशुराम नगरपालिका मेयर एव काँग्रेस नेता भीम बहादुर साउदको निर्माण कम्पनी हो । तर, आफै मेयर जनप्रतिनिधी भएपनि उनको कम्पनीले निर्माण कार्य ढिलासुस्ती गरेका छन । सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले बषौँदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।

सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय समेत आक्र्रोसित र चिन्तित भएका छन । कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता अनुरुप चालु आर्थिक बर्ष २०७७÷०७८ सम्म र ५० प्रतिशत भुक्तानी पाईकेको जनाएको छ । हुलाकी राजमार्ग आयोजनाले उक्त सडक ० देखि २० किलोमिटर, २० देखि ४० र ४० देखि ६२ किलोमिटर सडक तीन चरणमा कालोपत्रे गर्ने ठेक्का दिएको थियो । विगतमा पनि वाईसियल बेलडाँडी इन्चार्ज शाह नेतृत्वको नेकपा हुँदाको युवाको टीमले बेलाबेलामा हुलाकी सडक निर्माणका लागि पहल गर्दै आएका थिए । कञ्चनपुर कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्र (कैलाली–कञ्चनपुर)को आर्थिक विकासमा बृद्धि हुने अपेक्षा लिएपनि ठेकेदार कम्पनीको लार्पबाहीका कारण स्थानीय हैरान भएका छन ।

ताजा समाचार

This will close in 10 seconds