कञ्चनपुर,
नरेन्द्र सिह खत्री दार्चुला जिल्ला खेलकुद विकास समितिमा रेसलिङ्गका प्रशिक्षक थिए । गृहजिल्ला दार्चुलाबाटै खेलकुद क्षेत्रमा प्रवेस गरेका खत्रीले फेरी दार्चुलामै रेसलिङ्ग प्रशिक्षक भएर काम गरे ।उनको कैलाली जिल्ला खेककुद विकास समितिमा सरुवा भएर आए । तराई भीमदत्त नगरपालिका ६बनखेत बस्दै आएका रेसलिङ्गका खेलाडी खत्री अहिले मौरी पालन व्यवसायमा जुटेका छन । विगत ८ बर्षदेखि खत्री मौरीपालन व्यवसायमा जुटेका हुन । पाँच घारबाट मौरीपालन शुरु गरेका खत्रीले हाल एक सय घारमा मौरीपालेका छन । यूरोपिएन मेरिफेरा जातको मौरीपालेका छन । घुम्ती रुपमा उनले मौरीलाई पालिरहेका छन ।

दार्चुलादेखि कञ्चनपुरका विभिन्न ग्रामिण बस्तीहरुमा घार स्थानान्तकरण गर्दै उनले आधुनिक तरिकाबाट मौरीपालनमा जुटेका छन । ‘जहाँ जहाँ फुल महर हुन्छ, उतै मौरी चराउन लैजान्छु, ‘खत्रीले भने, ‘यो एक अतभूत प्राकृतिक रुपमा महत्वपूर्ण कृषि पेशा हो ।’ राष्ट्रका लागि किसान बनेर शुद्ध मह उत्पादनको कार्यमा जुटेको खत्रीको भनाई छ ।

उनले सुपर घारमै मौरीपालेका छन । बार्षिक ५÷६ कुण्डल मह उत्पादन गर्दै आएका खत्रीले महरबाटै लाखौँ आम्दानी गरेका छन । ‘मैले खेल राष्ट्रकै लागि खेलेको थिए, ‘उनले भने, ‘मौरीपालन पनि राष्ट्रकै लागि केही योगदान दिनुपर्छ भनेर यो कृषि पेशा रोजेको हुँ यसबाट अथाह पैशा कमाउन नसकेपनि शुद्ध रुपमा मानव स्वास्थ्यका लागि चाहिने मह उत्पादन गरेको छु ।’ जैविक विविधतामा मौरीको महत्वपूर्ण योगदान एव मौरीको मेहनत इमान्दारिता मानिसका लागि प्रेरणाको स्रोत हुने उनको भनाई छ । सुदूरमा मौरीपालन व्यवसायको प्रर्याप्त सम्भावना रहेको उनले बताए ।

मौरीपालन चुनौती कृषि पेशा भएकाले पौष्टिक तत्वका लागि मह महत्वपूर्ण बस्तु रहेको बताए । मौरीपालन व्यवसायबाट युवा बेरोजगारी घटाउन सकिने उनले बताए । ‘मदिरा उत्पादनदेखि समाजका लागि हानिकार बस्तु उत्पादन भन्दा स्वास्थ्य र मानव जगतकै लागि महको बेग्लै महत्व छ, ‘उनले भने, ‘मौरीबाट मानिस पनि कर्मी बन्नुपर्छ ।’
कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले मौरीपालन व्यवसायमा पनि प्रर्याप्त सम्भावना भएको बताए । उनले मौरीजस्तै क्र्रर्मी भनेर जुटेका किसानलाई सरकारी क्षेत्रबाट प्रोत्साहनका कार्यक्रम संचालन गर्नुपर्ने बताए । ‘यस्ता मेहनती किसानलाई राज्यले सहयोग गर्नुपर्छ, ‘उनले भने, ‘कृषिमा आधुनिकीकरण गर्न सकिन्छ ।’
