उपाधि जिताएरै अन्तर्राष्ट्रिय फुटबलबाट अलग भए बिराज

३७ वर्ष पछी जित्यो फुटबलमा नेपालले अन्तर्राष्ट्रिय उपाधी

काठमाडौं,

राष्ट्रिय फुटबल टोलीको जर्सीमा सोमबार अन्तिमपटक देखिएका बिराज महर्जनले सन्यासको घोषणा गर्दा सबै सामू आफ्नो आँसु रोक्न सकेनन् ।

३० बर्षको उमेर मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका बिराजले नेपालका लागि सर्वाधिक ७३ अन्तर्राष्ट्रिय क्याप जिते । र अन्तिम खेलमा देशका लागि उपाधि पनि जित्न सफल भए ।

चार बर्ष अर्थात् सन् २०१६ मा बंगलादेशमा सम्पन्न प्रतिष्ठित बंगबन्धु गोल्डकपको उपाधि नेपालले जित्दा बिराज टोलीका कप्तान थिए । सोमबार थ्री नेशन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले हराउँदा नियमित कप्तान किरन चेम्जोङले बिराजलाई नै कप्तानी सुम्पिएका थिए ।

अन्ततः बिराज कै कप्तानीमा नेपालले थ्री नेशन्स कपको उपाधि जित्न सफल भयो । यो उपाधिसँगै बिराजले अन्तर्राष्ट्रिय फुटबलमा सुखद समापन पनि गरे । सन् २००८ मा पोखरामा सम्पन्न पाकिस्तान विरुद्धको मैत्रीपूर्ण फुटबल म्याचमा अन्तर्राष्ट्रिय डेब्यु गरेका बिराज त्यसयता राष्ट्रिय टोलीका नियमित कप्तान र सदस्य पनि थिए ।

घरेलु फुटबलमा तीन लिग उपाधिसहित थुप्रै नकआउट उपाधिहरु आफ्नो पोल्टामा पारेका बिराजले नेपालका लागि सन् २०१६ मै भएको एएफसी सोलिडारिटी कप पनि जितेका थिए ।

सोमबार दशरथ रंगशालामा बिराजले सन्यास लिंदा प्रधानमन्त्री केपी ओलीले उनलाई धन्यवाद सहित विशेष रुपमा सम्मानित गरे । सो अवसरमा बिराजले पनि भावुक हुँदै फुटबल समर्थक, खेलाडी साथीभाई लगायत सबैलाई धन्यवाद दिए ।

ताजा समाचार

This will close in 10 seconds