सुदूरपश्चिम प्रदेशका अपाङ्गता भएका खेलाडीहरुलाई नि:शुल्क ह्वीलचेयर

कञ्चनपुर

सुदूरपश्चिम प्रदेसका अपाङ्गता भएका खेलाडीहरुलाई नि:शुल्क ह्वीलचेयर वितरण गरिएको छ ।
बुधबार सुदूरपश्चि प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नेपाल पाराओलम्पीक कमिटी सुदूरपश्चिम प्रदेशको समन्वय र राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज नेपाल अमान नगर काठमाण्डौको प्राबिधिक सहयोगमा अपाङ्गता साहायता प्रतिष्ठान नेपालको आयोजनामा सुदूरपश्चिम भरी छरीएर
रहेका अपाङ्गता भएका व्याक्ति पारा खेलकुद खेलाडीलाई औपचारीक कार्यक्रममका विच स्पोर्ट ह्वीलचियर (रथ राईडर) वितरण गरिएका हो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले गोदावरी नगरपालिका–३ का जेष्ठ नागरीक विर बहादुर भाटलाई ह्वीलचीयर हस्तान्तरण गरी कार्यक्रमको उद्धघाटन गरीएको थियो ।
मन्त्री सुवेदीले कार्यक्रम बोल्दै अपाङ्गगता भएका व्यक्तिको क्षमता अभिबृद्धीकालागि सुदूरपश्चिम सरकार सधै तत्पर रहेको बताए ।कार्यक्रमको अध्यक्षता गरेका अपाङ्गता साहायता प्रतिष्ठानका अध्यक्ष भवानी ऐरले स्वागत मन्तव्य राखेका थिए भने शुभकामना मन्तव्य पाराओलम्पिक कमिटी सुपका अध्यक्ष दिर्घ कुमार स्वार र प्रदेश खेलकुद परिषदका नव नियुक्त सदस्य झलक शाहले राखेका थिए ।
विशिष्ठ अतिथिमा सामाजिक मन्त्रालयका उप–सचिव गोविन्दराज पोखरेल, राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज नेपालका अध्याक्ष सुगम भट्टराई र प्रदेश खेलकुद परिषदका नव नियुक्त सदस्य सचिव दिपक बहादुर सिंह रहेका थिए ।
अन्य अतिथिमा पाराओलम्पिक कमिटी सुपका अध्यक्ष दिर्घ कुमार स्वार, प्रदेश खेलकुद परिषदका नव नियुक्त सदस्य झलक शाहलगायत मन्त्रालयका शाखा प्रमुखहरु रहेको कार्यक्रमा अपाङ्गता भएका व्यक्ति, खेलाडिकोहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम संञ्चालन नेपाल पारा ओलम्पीक कमिटी सुपका सचिव संजय कटेलले गर्नु भएको थियो ।

ताजा समाचार

This will close in 10 seconds