राहदानी नवीकरण नगर्न नगराउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई राहदानी विभागको परिपत्र

राहदानी विभागले राहदानीको म्याद सकिन लागेको भए पनि तत्काल नवीकरण नगर्न नगराउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। धेरै सेवाग्राही तत्काल विदेश जान आवश्यक नपरे पनि राहदानीका म्याद सकिन लागेको भन्दै नविकरण गर्न जिल्ला प्रशासन कार्यालय र राहदानी विभाग धाइरहेका बेला विभागले यस्तो परिपत्र गरेको हो।

चालक अनुमति पत्र जस्तै म्याद नसकिदै राहदानी नवीकरण गर्नु नपर्ने, रादानी नवीकरण नभइ नयाँ नै बनाउनुपर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको जुनसुकै बखत बनाउने सकिने भएकाले तत्काल नविकरण गर्न जरुरि नभएकाे कंचनपुरका प्रमुख जिल्ला अधिकारिले राम कुमार महताेले बताए । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार एक सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो जानकारी गराइसकेको छ ।

ताजा समाचार

This will close in 10 seconds