एन्फा प्रेसिडेन्ट लिग: स्टार सिटीको लगातार दोस्रो जित

कञ्चनपुर ,

सुदुर पश्चिमको स्टार सिटी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग- २०७७ मा लगातार दोस्रो जित हासिल गरेको छ ।

बुधबार नेपालगन्ज रंगशालामा भएको खेलमा स्टार सिटीले प्रदेश नम्बर १ को च्याम्पियन सैनिक युथ क्लबलाई २- १ ले पराजित गरेको हो । स्टारको जितमा कुलदिप कार्की र रुप बहादुर लामाले गोल गरेका थिए । सैनिकका जिवन गुरुङले गोल गरे । खेलमा म्यान अफ द म्याच सैनिका गोलकिपर एवम कप्तान किशोर गिरी घोषित भए ।

फोटो : बिष्नु रावत

सुदूरपश्चिमको स्टार सिटीले दुइ खेल जित्दै ६ अंक जोड्न सफल भएको छ । स्टारले पहिलो खेलमा प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३-० ले हराएको थियो ।

फोटो : ब्रोभो रोमियो

स्टार सिटीका प्रशिक्षक ललित चन्दले दोस्रो जितले टोलीको आत्मविश्वास बलियो बनेको बताए । झापाजस्तो टोलीलाई जित्नु प्रतियोगिताको ठुलो उपलब्धी भएको बताउँदै ललितले भने,‘हामी खुसी छौं झापाको टोलीलाई हराउन पाउँदा । झापा नेपाली फुटबलकै बलियो टोली हो । एन्फा लिग जित्दै राष्ट्रिय लिग खेल्ने हाम्रो लक्ष्य हो । त्यसमा हामी केन्द्रित भएर खेलिरहेका छौं । टोलीमा सिनियर र युवा खेलाडीको संयुक्त रुपमा मिश्रित टिम छ । यसले हामीलाई प्रतियोगितामा च्याम्पियन बन्न सहयोग गर्ने विश्वास छ।’ मोफसलको टिमलाई एन्फाले प्रतियोगिता गरेर एउटा उत्कृष्ट सुरुआत गरेको प्रशिक्षक चन्दले बताए ।

फोटो :- बिष्नु रावत,नेपालगन्ज 

ताजा समाचार

This will close in 10 seconds