अन्तराष्ट्रिय १११औं महिला दिवस भव्यताका साथ सम्पन्न

बेदकोट
अन्तराष्ट्रिय १११औं महिला दिवसको उपलक्ष्यमा बेदकोट नगरपालिकाले विभिन्न कार्यक्रम गरी महिला दिवस धुमधामका साथ मनाएको छ । बेदकोट नगर किशोरी सन्जालका किशोरहरुले सामा दैजी बाट मार्च पास सहित ¥याली गर्दै बेदकोट नगरपालिकाको बाटिका सम्म आएका थिए जसमा विभिन्न संघ संस्था र आफ्नो पहिचान झल्काउने पहिरन लगाएर आएका महिलाहरुको पनि ¥यालीमा सहभागिता रहेको थियो । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ कार्यक्रम गरिएको थियो ।

May be an image of 1 person, standing, sitting and outdoors

अन्र्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा बेदकोट नगर किशोरी सन्जालका किशोरीहरु बीच मैत्रीपुर्ण कबडी खेल खेलाईको थियो जसमा ए टिम र वि टिम रहेका थियोे भने बी टिमलाई हराउदै ए टिमले विजयी हासिल गरेको थियो । उक्त कबडी खेलमा भाग लिने खेलाडीलाई प्रमाण पत्र सम्मान गरिएको थियो ।

May be an image of 22 people, people standing and outdoors

त्यसैगरी उक्त कार्यक्रमको बिच बिपन्न एकल महिला र जेष्ठ नागरिकहरुका लागि नेपाली सेना सैनिक श्रीमती संघ परिवारका केन्द्रीय सदस्य र हेमा जिसिले ब्लाङ्ग्केट, झुल र बिस्कुट राहत हस्तान्तरण गरेकी थिईन ।

May be an image of 3 people, people standing and text that says "S 5 1 सैनिक श्रीमत राहत REDMI NOTE AI QUAD CAMERA"

कार्यक्रममो विच विचमा सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको थियो । वेदकोट नगरपालिकाको उप प्रमुख शुशिला सिहको सभापत्विमा भएको उक्त कार्यक्रममा बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख अतिथी रहनु भएको थियो भने विभिन्न वडाका अध्यक्ष, महिला शक्ति केन्द्र, सहकारी सस्था, नगर किशोरी सन्जालका समूह लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

ताजा समाचार