पालिका स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा भीमदत्त र बेलौरी बिजय

कञ्चनपुर,

सुदूरपश्चिम प्रदेश खेलकुद क्षेत्र देखि लिएर एउटा क्रीकेटका उर्वरा भुमिका रुपमा परिचित रहेको एउटा कञ्चनपुर जिल्लाको सदरमुकाममा दोस्रो कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको दोस्रो दिनका खेलमा भीमदत्त र बेलौरी नगरपालिकाका बिजय भएका छन् ।

कञ्चनपुर क्रीकेट संघको आयोजनामा बिहिवार फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा दोस्रो पालिका स्तरीय कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिता सुरु भएको थियो भने दोस्रो दिनको खेलमा बेलौरिले बेलडाँडि गाउँपालिका लाई ५ विकेट र भीमदत्त नगरपालिकाले शुक्लाफाँटा नगरपालिका लाई ३५ रनले हराउदै आफ्नो पहिलो र दोस्रो जित हात पारेको छ।

दोस्रो दिनको पहिलो खेलमा बेलौरीले टच जित्दै बेलडाँडी गाउँपालिका ब्याटिङको निम्तो दिएको थियो। बेलडाँडिले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा १ सय १ रनको योगफल तयार पारेको थियो। जसमा बेलडाँडी गाउँपालिका टिमको लागि भोजराज कलौनीले नटआउट रहदै ६ चौका प्रहार गर्दै २४ बलमा ३४ रन,किरन सिंह ठगुन्नाले १५ बलमा २ चौका १ छक्क हान्दै १६ रन बनाएका थिए। बेलौरीको तर्फबाट मनोज कुमार भट्टले ३ ओभरमा २१ रन दिदै २ विकेट ,सुरेन्द्र शाहले ४ ओभरमा ७ रन दिदै २ विकेट हात पारेका थिए।

यसरी १ सय २ रनको लक्ष्य पन्छ्याउन क्रममा मैदान उत्रेको बेलौरी नगरपालिका १४.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको थियो। बेलौरी टिमका लागि ब्याट्सम्यान अजय चन्दले २३ बलमा ४ चौकाको मदतले ३० रन,सुशील पन्तले २८ बोल खेल्दै १९ रन , दिपेश मगरले २१ बलमा २ चौकाको मदतले १५ जोड्न पुगेका थिए। बेलडाँडिको तर्फबाट भोज राज कलौनिले ३ ओभरमा २१ रन दिदै २ विकेट ,बिपिन धामीले ३.४ ओभरमा फाल्दै १ ओभर मेडल फाल्दै १२ रन संगै १ विकेट लिएका हुन। सोबेन्द्र ओखेडा र दिपक कुवरले समान एक -एक विकेट लिएका थिए। उक्त खेलको म्यान अफ द म्याच बेलौरी नगरपालिका टिमका अजय चन्द घोषित भए।

दोस्रो दिनको दोस्रो खेलमा भीमदत्त नगरपालिकाले पहिलो ब्याटिङको गर्दै निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १ सय ४७ रनको योगफल तयार पारेको थियो। जसमा भीमदत्त टिमको लागि मनोज खड्काले नटआउट रहदै ३ चौका ४ छक्क प्रहार गर्दै २५ बलमा ४१ रन,सन्तोष भट्टले ३८ बलमा ५ चौका हान्दै ३५ रन , सुशील खड्काले २३ बलमा ५ चौका १ छक्काको मदतले ३१ रन बनाएका थिए। शुक्लाफाँटाको तर्फबाट कैलाश ऎरले ४ ओभरमा २३ रन दिदै ४ विकेट ,समीर गौतमले र सुरेश तिरुवाले समान एक-एक विकेट हात पारेका थिए।

यसरी १ सय ४८ रनको लक्ष्य पन्छ्याउन क्रममा मैदान उत्रेको शुक्लाफाँटा नगरपालिका २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रन मात्र बनाउन पुग्यो। शुक्लाफाँटा टिमका लागि ब्याट्सम्यान समीर गौतमले १२ बलमा १ चौका १ छक्कको मदतले १८ रन बनाउदै नटआउट रहे। भने सुरज तिरुवाले २७ बलमा १ चौकाको मदतले १६ रन जोड्दा पनि टिमलाई भने जित दिलाउन सकेनन् । भीमदत्तको तर्फबाट प्रकाश बिष्टले ४ ओभरमा ९ रन दिदै २ विकेट ,सुरज ठगुन्नाले ४ ओभरमा फाल्दै २६ रन दिदै २ विकेट ,सन्तोष भट्ट र बिकास आग्रीले समान एक -एक विकेट लिएका थिए। उक्त खेलको म्यान अफ द म्याच भीमदत्त नगरपालिका टिमका प्रकाश बिष्ट घोषित भए।

यो संगै भीमदत्त नगरपालिकाले आफ्नो दोस्रो खेलमा ३५ रनको फराकिलो अन्तरले शुक्लाफाटा लाई हराउदै दोस्रो जित हातपारेको कञ्चनपुर क्रीकेट स्कोरर नरेन्द्र राज भट्टले जानकारी दिएका छन् । उनका अनुसार भोलि दुई खेल हुने र तेस्रो दिनको पहिलो खेल शुक्लाफाँटा नगरपालिका र बेलौरी नगरपालिका बिच बिहान ९:३० बजे हुने छ। भने तेस्रो दिनको दोस्रो खेल कृष्णपुर नगरपालिका र दोधारा चादनी नगरपालिका बिच दिउँसो १ बजे महेन्द्रनगर स्थित कबड हलको खेलमैदान संचालन हुने छ।

प्रतियोगिताको च्याम्पियन हुने टिमले पुरस्कार १ लाख र उपविजेता हुने टिमले नगद ५१ हजार मेडल प्रमाणपत्र र ट्रफी हात पर्ने छन् । जसमा प्रतियोगिताका सर्वाधिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार समेत रहेको छ।

ताजा समाचार

This will close in 10 seconds