दोस्रो कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको खेलतालिका सार्वजनिक

दोस्रो संस्करण पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उद्धघाटन खेलमा भीमदत्त र बेलौरी भिड्ने


कञ्चनपुर,
सुदूरपश्चिम प्रदेश खेलकुद क्षेत्र देखि लिएर एउटा क्रीकेटका उर्वरा भुमिका रुपमा परिचित रहेको एउटा कञ्चनपुर जिल्लाको सदरमुकाममा दोस्रो कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ। फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा आयोजना हुने दोस्रो पालिका स्तरीय कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको उद्धघाटन खेल भीमदत्त नगरपालिका र बेलौरी नगरपालिका प्रतिस्पर्धा गर्ने कञ्चनपुर क्रीकेट संघका अध्यक्ष बिरेन्द्र चन्दले बताएका छन् ।

Cricket wallpapers-9

उनका अनुसार ‘विश्वव्यापी रुपमा फैलिएको महामारीले गर्दा खेलकुद क्षेत्र नै धरापमा परेको यो समयमा सबै स्थानीय तह हरुको टिम सहयोगमा जिल्लामा क्रीकेट प्रतियोगिताको आयोजना हुन लागेको र प्रतियोगितामा कञ्चनपुर जिल्लाका नौ पालिका मध्य २ वटा पालिका बाहेक ७ वटा स्थानीय तहको टिमको सहभागिता रहेको छ। प्रतियोगिता लिक कम नकाउटको आधारमा दुई समुह विभाजन गरि प्रतियोगिता फागुन २० देखि २६ गते सम्म संचालन हुने छ।’ जसमा यू-१९ उमेर समुहका ५ जना खेलाडी अनिवार्य रुपमा राख्नु पर्ने छ। जसले गर्दा एउटा जिल्ला, प्रदेश हुँदै राष्ट्रिय टिमका लागि एउटा यू-१९ खेलाडीलाई छनोट गरि टिम बनाउनमा भने ठूलो सहयोग पुग्ने देखिन्छ ।सहभागी टिम महाकाली नगरपालिका ,भीमदत्त नगरपालिका ,बेदकोट नगरपालिका ,शुक्लाफाँटा नगरपालिका ,कृष्णपुर नगरपालिका ,बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका रहेका छन् । समूह” ए” मा भीमदत्त ,बेलौरी ,शुक्लाफाटा र बेलडाँडि रहेका छन। समुह “बि” मा बेदकोट,दोधारा चादनी र कृष्णनगपालिका रहेका छन् । प्रतियोगिताको च्याम्पियन हुने टिमले पुरस्कार १ लाख र उपविजेता हुने टिमले नगद ५१ हजार मेडल प्रमाणपत्र र ट्रफी हात पर्ने छन् । जसमा प्रतियोगिताका सर्वाधिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार समेत रहेको छ।
अध्यक्ष चन्दले भन्ने ‘प्रतियोगितामा सहभागी हुने टिमका लागि कञ्चनपुर जिल्ला क्रीकेट संघले खेल पोशाक दिने र प्रत्येक स्थानीय तहमा पर्यटकीय क्षेत्र देखि लिएर पहिचान झल्काउने खालको फोटो समेत राखेको आयोजकले बताएको छ। जसले खेलकुद क्षेत्रलाई मात्र नभएर एउटा पर्यटन प्रबर्द्धन लाई समेत सहयोग पुग्ने छ।’

Loading Viewer...

ताजा समाचार

spot_img