विद्यार्थी राजनितिसँगै खेलमा विद्यार्थी नेता थापा

कञ्चनपुर,

विद्यार्थी राजनितिसँगै खेलकुदमा पनि उत्तिकै दख्खल राख्दै आएका छन् विद्यार्थी नेता विक्रम थापा । सुदूरपश्चिम विश्व विद्यालयमा अयोजित खेल सप्ताहमा मानविकी तथा सामाजिक शास्त्र विभागका तर्फबाट थापा ब्याडमेन्टन खेलमा सहभागि भए । सहभागि मात्रै भएनन् विभागलाई प्रथम स्थान दिलाउन सफल भए ।

खेलाडी साथी चन्द्रप्रकाश जोशी सँगै ब्याडमेण्टन खेलका नेता थापा राजनितिसँगै खेलकुद क्षेत्रमा पनि आफ्नो प्रतिभालाई चिनाउदै आएको देखिन्छ । गत वर्षको जिल्ला स्तरिय क्रिकेट प्रतियोगीतामा बेल्डाँडी गाउँपालिका क्रिकेट टिमको व्यवस्थापक रहेका थिए भने यो वर्षको जिल्ला स्तरिय क्रिकेटमा उनी कोच नै रुपमा उभिन पुगे । यसबाट उनको खेल प्रतिको मोह बढ्दै गएको छ ।

मानविकी तथा सामाजिक शास्त्र विभागमा पत्रकारीता तथा अर्थशास्त्र विषय आठौं सेमेष्टर अध्ययनरत रहेका थापा अनेरास्ववीयू केन्द्रीय क्याम्पस एकाई कमिटि सचिव रहेका थिए भने हाल विवादीत नेकपा पछी ओली पक्षीय अनेरास्ववीयूको केन्द्रीय कमीटी सदस्य रहेका छन् । खरो स्वभावका थापा कञ्चनपुरको दक्षिणी क्षेत्रबाट प्रतिनिधित्व गर्दै आउनु भएको छ । थापाले यसअघि काठमाण्डौँमा सम्पन्न राष्ट्रिय स्तरको बास्केट बल प्रतियोगीतामा सहभागि भएका थिए । यसरी विद्यार्थी राजनीति सँगै खेलकुद क्षेत्रमा अविछिन्न अभिरुचि दर्शाएका थापा भन्छन् ‘गा्रमीण क्षेत्रका प्रतिभाहरुलाई उजागर गर्न क्रिकेट एकेडी स्थापना गर्ने धोको छ ।’

ताजा समाचार

This will close in 10 seconds