दोधारा चाँदनीमा आस्था सहकारीद्धारा कृषी औजार र तरकारीका बेर्ना वितरण

दोधारा 

वडाका कृषकहरुलाई स्वरोजगार बनाउन दोधारा चाँदनी नगरपालिकामा आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाले किसानहरुलाई तरकारीका बेर्ना र कृषी औजार बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका स्थित रहेको आस्था कृषी सहकारी संस्था लिमिटेड माहाकालीले वडा नं. ६ मा रहेका कृषी सुमह मार्फत किसानहरुलाई तरकारीका बेर्ना र कृषी औजार बितरण गरेको आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनीकाका अध्यक्ष बेल बहादुर रानाले जनाएका छन् ।

No description available.

आज आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाको आफ्नै कार्यालयमा उक्त सामग्री बितरण गरिएको हो । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ वडा कार्यालयको सहयोग र आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाको आयोजनामा वडा नं. ६ मा रहेका जम्मा २५ वटा कृषी समूह मार्फत किसानहरुलाई स्प्रेटंकी, बन्दा गोबी, टमाटर नामधारी खुर्सानी, कुटो ,फडवा, टनेल, पानी झर्ना बितरण गरिएको आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनीकाका अध्यक्ष बेल बहादुर रानाले बताएका छन् । ‘वडामा रहेका कृषी समुहमा आबद्ध किसानहरुलाई स्प्रेटंकी, बन्दा गोबी, टमाटर नामधारी खुर्सानी, कुटो ,फडवा, टनेल, पानी झर्ना बितरण गरेका छौं’ सहकारी संस्था लिमिटेड दोधारा चाँदनीकाका अध्यक्ष रानाले भने । बिगतका दिनहरु देखी दोधारा चाँदनी नगर क्षेत्रमा कृषी क्षेत्रमा सक्रियता जनाउदै आएको आस्था सहकारी संस्थाले बिभिन्न संघ संस्था संग समन्वय गरि समय अनुकुल किसानहरुको आवश्यकतामा सहयोग पु¥याउदै आएको छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजालीले कृषकहरुलाई बिभिन्न समयमा कृषी औजार बेर्ना तथा बिउ बिजन बितरण गर्दै किसानहरुलाई स्वरोजगार बनाउन प्रेरित गरिरहेको जनाएका छन् । वडामा बिभिन्न समयमा कृषी क्षेत्रलाई उकास्न बिभिन्न कृयाकलाप गर्दै आएको वडा अध्यक्ष तथा नगर प्रबक्ता सिजालीले बताएका छन् । बिगत केही वर्ष देखि वडा नं. ६ मा कृषी क्षेत्रमा फेरी लगाव बढ्दै गएको खुशी प्रकट गर्दै भारतबाट ल्याएका बिषादी तरकारीको कारण बिभिन्न रोग लाग्ने गरेको प्रमाणित हुदै आएको बताउदै आफ्नै खेतवारीमा तरकारी तथा अन्नवाली फलाउनमा सबैलाई जोड दिएका छन् । ब्यावसायिक कृषी पेशा गर्न ईच्छुकहरुले वडा कार्यालय तथा नगरपालिका कार्यालयमा आएर ईच्छा प्रकट गरे आफुले सहयोग गर्ने वडा अध्यक्ष तथा नगर प्रबक्ता सिजालीले बताएका छन् । कृषि पेशामा आकर्षण वढाउन वडाहरुमा बिभिन्न कार्यक्रम संचालन गरिदै आएको वडा नं. ६ का वडा सदस्य भुवन आले मगरले बताएका छन् ।

व्यवसायिक रुपमा कृषिमा काम गरेकालाई सहकारी संस्थाले सम्मान गर्दै आएको बताउदै आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाले नगरपालिका कार्यालय र अन्य निकाय संग समन्वय गरि नगर क्षेत्रका किसानहरुको जिवन स्तर उकास्ने प्रकारको बिगतका दिनहरु देखि कार्यक्रम गर्दै आएको वडा सदस्य भुवन आले मगरको भनाई रहेको छ् । समय अनुकुल किसानहरुको समस्या तथा अवश्यकतालाई ध्यानमा राख्दै सहकारी आगामी दिनहरुमा योजना निमार्ण गर्दै आएको आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाका प्रबन्धक सबिना थापाले बताएका छन् । सहकारीले कृषकहरुको माँगलाई ध्यानमा राख्दै सुफथ मुल्य पसल समेत संचालन गर्दै आएको प्रबन्धक थापाले बताए । कृषकहरुलाई सुफत मुल्य पर्ने विउ विजन, औजार तथा प्राविधिक सहयोग, आर्थिक जोहोमा पौरखी कृषकहरुलाई सहयोग गर्न तर्फ आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था सदैव उन्मुख रहेका उनको भनाई रहेको छ् ।

तरकारीका बेर्ना र कृषी औजार बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजाली, आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनीकाका अध्यक्ष बेल बहादुर राना, वडा नं. ६ का वडा सदस्य भुवन आले मगर, आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाका प्रबन्धक सबिना थापा तथा महिला समुहका प्रतिनिधीको बाक्लो उपस्थिती रहेको थियो । आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाले बिगत लामो समय देखि बिभिन्न सरकारी र गैरसरकारी संस्था संग समन्वय गरि किसानहरुको जिवन स्तर उकास्न कार्यमा सहयोग पु¥याउदै आएको भन्दै किसानहरुले आस्था कृषी सहकारीलाई धन्यबाद समेत दिएका थिए ।

 

ताजा समाचार

This will close in 10 seconds