जंगली हात्तीको आक्र्रमणबाट पूनर्वासकी एक महिलाको मृत्यु

कञ्चनपुर
कञ्चनपुरको पुनर्वास नगरपालिकाकी एक महिलाको जंगल हात्तीको आक्र्रमणमा परि मृत्यु भएको छ । दौतरीसंग घाँस काट्न जंगल गएकी पुनर्वास नगरपालिका ९ सित्ताबस्तीकी ५६ बर्षिया धनादेवि थापाको मुत्यु भएको हो ।
बुधबार धानादेविसंगै गाँउका ५/६ जना महिला जंगल गएका बेला जंगली हात्तीको बथानले उनीहरुलाई लखेटेको स्थानीयले बताएका छन । स्थानीयका अनुसार अन्य महिला भागेपनि उनी बृद्ध भएका कारण भाग्न नसक्दा उनलाई हात्तीले कुल्चिएर मारेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले घटना स्थलतर्फ प्रहरी टोली गर्ईसकेको बताए । उनका अनुसार बृद्धको भारतीय जंगल दुधुवा नेशनल पार्कमा मृत्यु भएको छ । शव ल्याउनका लागि प्रहरी सहित जनप्रतिनिधी घटना स्थलतर्फ गएका छन । पुनर्वास नगरका मेयर जिवन थापा सहितको जनप्रतिनिधी, स्थानीय एव सुुरक्षाकर्मीको टोली घटना स्थलतर्फ गएको छ । मृतकका दुई छोरा र एक छोरी छन ।

ताजा समाचार

This will close in 10 seconds