नेकपा प्रचण्ड–माधवले सर्वोच्च अदालतको ऐतिहासिक निर्णयको स्वागत गर्दै धन्यवाद ज्ञापन

कञ्चनपुर

नेकपा कञ्चनपुर प्रचण्ड–माधव ले सर्वोच्च अदालतले हिजो गरेको प्रतिनिधि सभा पुर्न स्थापनाको निर्णय ऐतिहासिक भएको भन्दै स्वागत तथा धन्यवाद ज्ञापन गरेको छ । जिल्ला कमीटी सचिव तारालामा तामाङ्गद्वारा हस्ताक्षेरित प्रेस वक्तव्यमा लोकतान्त्रीक पद्धति र संविधानको रक्षा तथा जनताको पक्षमा फैसला भएकोमा सम्पूर्ण जनसमुदाय र पार्टीपंतीलाई बधाई तथा धन्यवाद ज्ञापन गरिएको छ ।

प्रेस वक्तव्यमा उल्लेख गरिएको छ,‘नेपालको संविधान, लोकतन्त्र र जनमतको पक्षमा भएको सर्वोच्च अदालतको ऐतिहासिक निर्णयको स्वागत गर्दै धन्यवाद ज्ञापन गर्दछौँ ।’ असंवैधानिक कदमको विरोधमा रहेका, विरोधमा सहभागि सबै पक्षको जित भएको प्रेस वक्तव्य मार्फत जनाएको छ । यसबाट देशमा जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त संविधानको रक्षा हुनुका साथै स्वच्छाचारीता र देशलाई अराजतामा लाने कुष्प्रयासको अन्त्य भएको प्रेस वक्तव्यमा भनिएको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र स्वेच्छाचारी किसिमले प्रतिनिधि सभाको विघटन गरी देशलाई संकट तर्फ धकेल्न गरेको कुचेष्टाको विरुद्धमा तथा संविधान, लोकतन्त्र र राष्ट्रिय हितको पक्षमा सशक्त आवाज उठाउने सम्पूर्ण जनसमुदाय तथा राजनैतिक दल र संघ संस्थाहरुलाई र हाम्रो जिल्लाका पार्टी पंती प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।’ पार्टीको जिल्ला कमीटीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य विक्रम बहादुर शाहिले जनताको जित भएको र प्रतिक्रान्ति निम्त्याउने शक्तिहरुको हार भएको बताए ।

जिल्ला ईन्चार्ज शाहिले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको सुरुवात देखि नै आफूहरु विरोधमा रहेको र सर्वोच्चको निर्णयपछि त्यो अझै स्थापीत भएको उल्लेख गर्दै अव प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । प्रेस वक्तव्य प्रस्तुत गर्दै प्रदेश सभा सदस्य समेत रहेका सचिव तामाङ्गले पार्टी अझै एकढिक्का भएर अगाडी बढ्ने र छुट्टीएर गएका नेता कार्यकर्ता फर्किने बाटो खुला रहेको बताए । पार्टी एकजुट भएर अगाडी बढ्ने बताईएको छ । कार्यक्रममा पूर्व मन्त्री उर्वादत्त पन्त, सह ईन्चार्ज देवीलाल चौधरी, कार्यालय सदस्य देवेन्द्र ढुंगाना,विद्यार्थी नेताहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । संसद पूनर्वाहलीको खुसीयालीमा नेकपा प्रचण्ड माधव निकट विद्यार्थीहरुले हिजो दीपावली गरेका थिए ।

ताजा समाचार

This will close in 10 seconds