‘प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा गर्नुपर्छ’ : काँग्रेस नेतृ डा.डिला सँग्रौला

कञ्चनपुर 
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डाक्टर डिला सँग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने बताएकी छिन् । कञ्चनपुरमा प्रेस यूनियन जिल्ला समितिले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेतृ सँग्रौलाले सर्वोच्चको निर्णयले देशमा जनताको जित भएको र देशलाई संविधानअनुसार चल्न दिन प्रधानमन्त्रीले राजीनामा गर्नुको विकल्प नभएको बताएकी हुन् । ‘असंवैधानिक कदमको न्यायीक निरुपण सर्वोच्चले गरेको छ, अव प्रधानमन्त्रीले नैतिकताका हिसाबले राजीदिनु पर्छ’ डा. सँग्रौलाले अगाडि थपिन्,‘प्रधानमन्त्री पदमा बस्ने नैतिक आधार प्रधानमन्त्रीले गुमाईसके, नयाँ सरकार गठनका लागी राजीनामा दिएर सहज वातावरण निर्माण गर्न सहयोग गर्नुपर्छ’ प्रमुख प्रतिपक्षी दलकी प्रभावशाली यूवा नेतृ सँगौलाले नेपाली काँग्रेसको नेतृत्वमा आएको संविधानको रक्षा गर्न काँग्रेस निरन्तर विरोधमा रहेको स्मरण गराउँदै अवको निर्णायक शक्ति काँग्रेस बन्नेको दाबी गरिन् ।
उनले काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै नेतृ सँग्रौलाले सरकार निर्माण र नेतृ लिने सवालमा पार्टी भित्र छलफल गरेर अगाडी बढ्ने धारणा राखिन् । पत्रकारहरुको फरक जिज्ञासामा नेतृ सँग्रौलाले माहाधिवेशन तोकिएकै अवधिमा हुने बताएकी थिईन् । पूर्नस्थापित प्रतिनिधि सभा सदस्य समेत रहेकी डा. सँग्रौलाले आफू निरन्तर रुपमा महिलाका पक्षमा अभियान चलाउदैआएको र महिला माथि हुने हिंसाको अन्त्य तथा हरेक किसिमका अपराधको अन्त्यका लागि सडक र सदनमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन् । कम्युष्टि पार्टीहरु देश चलाउन असक्षम भईसकेको र अब देशलाई गतिशीलता प्रदान गर्ने शक्ति काँग्रेसमा निहित रहेको उनको भनाई छ । बालिका भागरथी भट्ट र निर्मला पन्तको बलात्कारपछि हत्या भएको सत्य तथ्य छानविन र दोषी माथि कडा भन्दा कडा कारबाहिका लागि आवाज सदन भित्र पनि उठादै आएको र अब पनि उठाउने बताईन् । सर्वोच्चको निर्णय लाई स्वागत गर्दै मूलक अव नयाँ दिशामा प्रवेश गरेको बताईन् । ‘देशमा ठूलो राजनैतिक अस्थीरता हुनबाट सर्वोच्चले जोगाएको र जनताको पक्षमा फैसला आएको छ’उनले भनिन् ।

ताजा समाचार