कोही भएनन् कुतियाकवरको पीडा सुन्ने

दोधारा

दोधारा चाँदनी नगरपालिकाको पारिको बस्ती कुतियाकवर विकासको प्रतिक्षा गरेको आधा शताब्दी भयो तर, त्यहा विकासको आधारभूत पूर्वाधार समेत पु¥याउन सकिएको छैन् । यो तीतो यथार्थ सरकार र राजनीतिक दललाई थाहा नभएको होइन तर, उनीहरुले त्यहाका गाउलेलाई दिने भनेको आश्वासन मात्रै हो । त्यस बस्तीमा सरकार र राजनीतिक दलका प्रतिनिधी पुग्दा अन्तरक्रिया वा छलफलमा उनीहरु भोलीनै आकाश झारिदिने कुरा गर्छन् । बस्तीका लागी भने त्यो ‘विकासको फल आँखा तरी मर’ हुने गरेको छ् ।

अझ विडम्बना त के छ भने, त्यस क्षेत्रका नागरिकको सरल र सहज बजार सम्पर्क सीमा पारि सिमावर्ती भारतीय बजार संग हुने गर्छ र उनीहरु नेपाली रुपैया भन्दा भारतीय रुपैया लेनदेन गर्न रुचाउछन् । कुतियाकवर र १८ नंम्वर बस्ती बिजुली बत्ती बाल्ने सपना देखेको वर्षौं भईसक्यो । विकासका नाममा बर्तमान सरकारले बत्तीका लागी सौर्य बत्ती बाड्ने, कच्ची सडकमा बेला बखत ग्रबेलिङ्ग गर्ने बाहेक ठोस काम केही गर्न नसक्दा कुतियाकवर र १८ नम्वर पिल्लर बस्ती सधै अभाव र कष्टमा बाँच्न विवश छन् । कुतियाकवर र १८ नम्वर पिल्लर बस्तीमा प्राबि तहको विद्यालय छैन, एम्बुलेन्सको आउने जाने व्यवस्था छैन, तत्काल उपचार गर्नु पर्ने बिरामीलाई कि, भारत पु¥याउनु पर्छ कि भगवान् भरोसा छाड्नु बाहेक अर्को विकल्प छैन । कुतिकवर क्षेत्रमा सुरक्षा ब्यवस्था छैन् ।

कुतियकवर क्षेत्रमा सशस्त्र प्रहरीले आफ्नो क्याम्प स्थापना गरेको भन्ने बताएपनि कुतियकवर बस्तीबाट झण्डै २ किलोमिटर नदी वारी सशस्त्रको बोडर आउट पोष्ट छ् । कुतियाकवर बस्तीलाई जोड्ने झोलुङ्गे पुल पनि बाढीको पुल तर्न ढुङ्गाको सहारा लिनु पर्ने अवस्था छ् । बजार जानु प¥यो भने त्यस क्षेत्रका नागरिक दोधारा चाँदनीको बजारको सट्टा भारतीय बजार रोज्छन् । किन भने त्यहा पुग्न सजिलो छ् । कुतियाकवरवासीले भोग्नुपरेका सिमा क्षेत्रमा हुदै आएको अनगिन्ती पीडा मध्ये बर्षेनीको बाढी र डुबान पनि हो । भारतले बनबासा ब्यारेजको ढोका खोलिदिए पछि सो क्षेत्रका अधिकांश भाग डुबानमा पर्ने गर्छन् । उनीहरुले बाढीबाट भोगेका क्षतिको दीर्घकालीन समाधान पनि सरकारले खोज्न सकेको छैन । गत वर्ष देखि नेपाल सरकारले सरकारले संचालनमा ल्याएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत जगबुडा नदीमा तटबन्ध पनि यस वर्ष रोकिएको छ् ।

त्यस क्षेत्रका बासिन्दा भन्छन् – ‘विगत त्रासमै बित्यो, वर्तमान पनि उस्तै छ, भविष्य झनै अन्योलपूर्ण छ’ हरेक वर्ष उर्लिने महाकाली र जगबुडा नदी समय क्रम संगै फैलिदै र अग्लिदै गइरहेको छ् । तर, कुतियाकवरवासीको दुःख भने थपिदै गएको हुन्छ् । कहिले वर्षायाममा बाढीको मार खेपेका छन् भने कहिले चिसो र शीतलहरबाट आक्रान्त बन्न पुग्छन् । साथै सिमामा हुने भारतिय सुरक्षाकर्मीको बेलाबखतको त्रासमा पिडित मात्रै नभई आजित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती भित्रिने जंगली जनावरको डर पनि उनीहरुको दुःख माथी थपिएको अर्को पीडा हो । बिगतका वर्ष दिनमा माहाकाली र जगबुडा नदीको बाढीले कैयौं घरवार विहीनहरु आफ्नै देशको भूगोल भित्र शरणार्थी भएका छन् ।

सरकारले उचित व्यवस्थापन गर्न नसक्दा शहरबाट सिमा क्षेत्र सम्म धकेलिएका उनीहरु त्यहांबाट पनि कुन बेला लखेटिने हुन् पत्तो छैन । दोधारा चाँदनी कुतियाकवर, १८ नम्वर पिल्लर बस्ती लगाएत क्षेत्रलाई विकासको मूलप्रवाहमा ल्याउनेनै हो भने नेपाल सरकारले दीर्घकालीन एकीकृत योजना सञ्चालन ल्याउन जरुरी छ् । तर यथार्थमा करनी र कथनीको उल्टो उनिहरुलाई सिमा क्षेत्रबाट खदेडिने सक्ने जो कोहीले पनि सहजै देख्न सक्ने छ् । सरकारले साच्चैनै कुतियाकवर, १८ नम्वर पिल्लर बस्तीको पीडा सुन्ने हो भने नीति तथा कार्यक्रम र बजेटमा ठोस योजना आउनै पर्छ । अन्यथा सरकारको सिमा क्षेत्र बिकास योजना पनि अर्थ न वर्थको हुने छ् ।

ताजा समाचार

This will close in 10 seconds