स्थानीय दलित यूवाहरुका लागि पाँच दिने नेतृत्व विकास तालिम

कञ्चनपुर 
दोधरा चाँदनी नगरपालिकामा स्थानीय दलित यूवाहरुका लागि नेतृत्व विकास तालिम सम्पन्न भएको छ । शुत्रवार दोधरा चाँदनी–१ का २० जना दलित यूवाहरु सहभागिता रहेको उक्त पाँच दिने नेतृत्व सीप विकास तालिमको समापन भएको
हो ।

१२ माघदेखि पछाडि परेका दलित समुदायका यूवाहरुलाई राजनैतिक तथा सामाजिक रुपमा सशक्तिकरण तथा व्याक्तित्व विकासको उद्देश्य राखेर वडा कार्यालयको आर्थिक सहयोगमा समुदाय उद्यम विकास केन्द्र नेपालले उक्त पाँच दिने नेतृत्व विकास तालिम आयोजना गरेको थियो । समुदाय उद्यम विकास केन्द्रका अध्यक्ष धर्मानन्द पन्त समापन समारोहका अध्यक्ष रहनु भएको थियो भने प्रमुख अतिथि नगरप्रमुख वीर बहादुर सुनार रहनुभएको थियो ।
नगरप्रमुख सुनारले सामाजिक राजनैतिक परिवर्तनका लागि युवाहरुमा ज्ञान सीप र दक्षताको आश्यकता पर्ने भएकाले समता र समानताको सिद्धान्त अनुसार सबै जातजाति वर्ग समुदायलाई एकिकृत तथा सामवेश गर्दै लैजानुपर्नेमा जोड
दिए ।

वडा अध्यक्ष अर्जुन दत्त भट्टले पाँच दिन सम्म सिकेका जीवनउपयोगी सीपहरुलाई व्यावहारिक जिवन विकासमा लगाउन यूवाहरुलाई आग्रह गरे । उनले यूवा नै देशका मेरुदण्ड भएकाले समाज रहेका खाडल पुर्ने काम यूवाहरुकै काँधमा रहेको भनाई राखे । तालिम कार्यक्रम संयोजक तथा तालिम प्रदायक संस्था समुदाय उद्यम विकास केन्द्रकी सचिव लक्ष्मी भट्ट लगायतले सहभागि यूवाहरुलाई व्याक्तित्व विकास तथा नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धी प्रशिक्षण दिएका थिए ।

तालिम आयोजक संस्थाका अध्यक्ष तथा तालिम समापन समारोहका अध्यक्ष धर्मानन्द पन्तले दलित समुदायका यूवाहरुलाई प्रशिक्षित गर्न पाउँदा आफूहरुपनि उत्साहित भएको र यस्ता कार्यक्रममा सहकार्य आगामी दिनमा पनि नगरपालिकासँग आफूहरुको सहकार्य र समन्वय भईरहने वताए । उनले प्रतिनिधिमूलक संख्यामा आफूहरुले तालिम प्रदान गरेतापनि यसले समाजको दीर्घकालीन रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । तालिममा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने पत्रकार डिबी कुश्मीले उद्यघोष्ण काला सम्बन्धी तालिम दिएका थिए ।

ताजा समाचार