बझाङ

बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए।

गाउँपालिकाको वडा नम्बर ३ मै रहेको बन्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद पछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उनले बताए ।

खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् भने खुँडा बरामद गरिएको प्रहारीले जनाएको छ। खुँडा प्रहार गर्ने मध्येका अर्का फरार रहेका युवकको खोजी कार्य भइरहेको बताइएको छ।
