महेन्द्रनगर,
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरको खुलामञ्चमा जारी प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा रोयल गोर्खा महेन्द्रनगर र पिएफए अत्तरीयाले विजय सुरुवात गरेको छ।


दोस्रो दिन रोयल गोर्खा महेन्द्रनगर र दोधारा चादनी बिच भएको पहिलो खेलमा रोयल गोर्खाले ९-३ गोलको अन्तरले दोधारा लाई हराएको छ। दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड रेड लाई ३-० गोलको अन्तरले हराउदै पिएफए अत्तरीयाले विजय सुरु गरेको छ।
























