आछामी बड्डोको हौसिया बाजकली आयो (भिडियो सहित)

कञ्चनपुर
आछामी बड्डो (लाल बहादुर धामी)ले नयाँ देउडा गीत हौसिया बाजकली लिएर आएका छन् । शुक्रबार विहान ८ बजे युटुब मार्फत रिलिज गरिएको हो । सुदूरपश्चिमका चर्चित र यहाँका बासिन्दाको मन मुटु जित्न सफल भएका आछामी बड्डो र राष्ट्रिय कलाकार अराज केशब गिरीको जोडि पछिल्लो समय निकै मन पराईएको जोडी हो । यहाँका हरेक कार्यक्रम विवाह पार्टी, महोत्सवहरुमा उनीहरुकै आवाज गुन्जिएको सुनिन्छ । अला इसी हो ब ला पछयाण, कै का पोइल जाऊ, ….. सुदूरपश्चिमको शान देउडा गीत भनेर अराज केशब गिरीले शुरु गरे पछि यहाँका कुरुतीलाई पनि व्यंग्य हानिएको छ भने विभिन्न दृश्यमा कलाकारहरुले मज्जाले हसाएका पनि छन् । ठठ्योली भाकामा रहेको देउडा गीत निकै राम्रो रहेको छ ।

हौसिया बाजकली शब्द लक्ष्मण अधिकारीका रहेका छन् स्वर आछमी बड्डो, पुष्पा बोहरा र ¥यापमा अराज केशब गिरीको रहेका छ भने कलाकारमा झरना बोहोरा, आछामी बड्डो, गुडडु ओली, अराज केशव गिरी, लक्ष्मण अधिकारी र बाल कलाकार सितल ठगुन्नाको मुख्य अभिनय रहेको छ क्यामरामा डिबी रौलेले सहयोग गरेका छन् । निर्देशन अराज केशब गिरीको रहेका छ ।

ताजा समाचार

This will close in 10 seconds