कञ्चनपुर,
सुदूरपश्चिमको लोक संस्कृति संरक्षणका लागि कञ्चनपुरको महेन्द्रनगरमा भुवा खेल प्रस्तुत गरिएको छ । खप्तड समाज कञ्चनपुरको आयोजनामा बुधबार महेन्द्रनगरमा भुवा खेल प्रस्तुत गरिएको हो । हातमा दरबार सहित दाउरा सुरुवालमा सजिएका स्थानीयले भुवा पर्वका अवसरमा खेल खेलेका छन ।खप्तड समाज कञ्चनपुरका अध्यक्ष महेन्द्र खडकाले लोक संस्कृति संरक्षणका लागि भुवा खेलको आयोजना गरिएको बताए । प्रदेश सरकारले भुवा पर्वको अवसरमा सार्वजनिक विदा समेत दिएको छ । खप्तड समाज कञ्चनपुरका अध्यक्ष खडकाले युद्ध जित्नका लागि परापुर्वकालमा खेलिएकोखेललाई संस्कृति नै रहेको बताए ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा.अम्मराज जोशीले लोक संस्कृति संरक्षणका लागि खप्तड समाजको प्रयास सरानिय भएको भन्दै विश्वविद्यालयले समेत यस क्षेत्रका लोक संस्कृति परम्पराको शोध गर्ने बताए ।
भीमदत्त नगरका पुर्व मेयर यज्ञराज जोशीले आधुनिकतासंगै लोक संस्कृति संरक्षणमा चुनौती थपिएकाले संरक्षण गर्दै जानुपर्नेमा सुझाव दिए ।

